लाल्टिनको अडियोमा ‘चमेली’ र ‘हुईस्की’ (जुकबक्स)
सार्बजनिक जुकबक्समा विनोद ढकाल, किरण माइकल, डिजराज पौडेलको संगीत रहेको छ भने आस्था राउत, सोमिया बराइली, किरण माइकल, डिजराज पौडेल, विनोद ढकाल, बोनी श्रेष्ठले स्वर दिएका छन् । सार्बजनिक गीतको ‘चमेली’ बोलको गीतमा आस्था राउतको फरक शैलीको स्वर समेत सुन्न सकिन्छ । जुकबक्समा ‘हुईस्की’बोलको गीत समेत समाबेश छ । जुन गीतले रक्सीमा प्रेम मिलाउने प्रसङलाई जोडेको छ । यस्तै ‘जिन्दगानी’,’कबवेब’ र ‘लाल्टिन’बोलको गीत जुकबक्समा छन् । चैत्रलाई रिलिज मिति तय गरेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, रविन तामाङ, भानुप्रताप लगायत लगायतका कलाकारले अभिनय गरेका छन् ।