तपाईलाई थाहा छ ? यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा के हुन्छ ?
तपाईलाई थाहा छ ? यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा के हुन्छ ? जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ । अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ ।अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ । किन खाने अदुवाको चिया ? १ बान्ता हुने र विरामी पर्ने हुँदैन कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ । २ पाचन प्रणालीमा सुधार अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ । ३ दुखाइमा पनि औषधी अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ । ४ श्वासप्रश्वासको समस्यामा औषधी अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको ...