Posts

Showing posts from October, 2017

रक्सी खाएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, वैज्ञानिक व्याख्या

Image
रक्सी खाएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, वैज्ञानिक व्याख्या ‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि-अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं। हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन्? वा, यसरी अंग्रेजी बोल्नुको पछाडि कुनै वैज्ञानिक कारण पनि छ? हामीले लामो समयदेखि ‘मिथ’ बनाउँदै आएको रक्सी र अंग्रेजी भाषाबीचको यो सम्बन्ध हालै एक वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ। उक्त अनुसन्धानले भन्छ, ‘मान्छेले कुनै नयाँ भाषा सिकिरहेको छ भने सामान्य अवस्थामा भन्दा रक्सीको हल्का नसामा बढी धाराप्रवाह बोल्नसक्छ।’ भनेपछि, सामाजिक जमघट वा बीच बाटैमा रक्सीले मातेर अंग्रेजी बोल्नेहरू सामान्य नै रहेछन्। उनीहरूले त्यसो गर्नुमा वैज्ञानिक आधार रहेछ। के हो त त्यो वैज्ञानिक आधार? मान्छेले कुनै पनि नयाँ काम तबसम्म गर्न सक्दैन, जबसम्म ऊ संकोच मान्छ। अनुसन्धानकर्ताका अनुसार सीमित परिमाणमा खाएको रक्सीले मान्छेको संको...