Posts

Showing posts from February, 2018

परिवर्तनका लागि सँगै युद्व लडेका कार्यकर्ताहरू कहिलेसम्म खाडीमा?

Image
परिवर्तनका लागि सँगै युद्व लडेका कार्यकर्ताहरू कहिलेसम्म खाडीमा? जनयुद्वको २३ वर्ष टुईटरमा पोष्ट गरिएका टुईटमा आँखा रोकिए। मानौं ती शब्दहरु भित्र कहीँ न कतै म पनि जोडिएको छु। त्यसैले एकपटक पढेर मात्र चित्त बुझेन। अनि फेरि  दोहोर्‍याए पढे ‘महान जनयुद्ध जिन्दावाद! वीर शहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दावाद।’ २३ वर्ष अगाडि सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्दै बन्दुक बोकेर जङ्गल पसेको उसले आज अरबमा १२ घन्टा काम सकेर कोठामा आई खुईइ..सुस्केरा हाल्दै फेसबुकमा स्ट्याटस् लेख्यो ‘महान जनयुद्व जिन्दावाद! वीर सहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दावाद!’ कोठामा चलिरहेको चिसोसँगै मस्त निद्रामा सुतिरहेका रेमिट्यान्स लाहुरेको निद्रा भंग नहुने गरि मनमनै पढेँ। अनि मनमनै सम्झिएँ त्यो बेलामा प्रचण्डपथको बाटोमा आफ्नो जीवनको अमूल्य समय नास गर्दै हिडेका मेरा एकजना दाइलाई। जो आज प्रचण्डपथको बाटो हिँड्दै हिँड्दै दुबईको फराकिलो सडकमा आफ्नो एक थान ज्यानलाई अवतरण गराएका छन्। हप्ताको ६ दिनसम्म आफ्नो ज्यानलाई मेसिनको रफ्तारसँगै चलाएर थकित भएका मेरो दाईले बिहिबारको हरेक साँझ त्यो थकित ज्यानको दुखाई कम...

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !   उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ ! 1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन । (ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन । 4) मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ । 5) दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो । 6) क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा य...