टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त हुन्छ ? आलु, जो तपाई/हाम्रो भान्सामा हरेक छाक पाक्छ । यस्तो लाग्छ, तरकारी भनेकै आलु हो । आलुको अनेक परिकार बन्छ । हरेक सागसब्जीमा आलु मिलाउन सकिन्छ । तर, हाम्रो स्वादिलो तरकारी आलु विषाक्त त छैन ? पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी६, पोटासियम र म्यानगनिजको पनि राम्रो स्रोत हो । भुटेर, तारेर, पकाएर, उसिनेर वा पोलेर जसरी पनि खान मिल्ने आलुको सेवन गर्दा धेरै क्लालोरी उर्जा प्राप्त गर्न सक्न्िछ । तर, आलुको सेवन गर्दा हामी विशेष ध्यान राख्नुपर्ने हुन्छ होइन भने यसले हाम्रो स्वास्थ्यमा हानी गर्न पनि सक्छ । आलुको मुलरुपमा परिवर्तन आएको छ भने त्यस्तो आलु खानु हुँदैन । विशेषगरी केही भागमा हरियो भएको आलु खान हुँदैन । माटोमुनि फल्ने आलु यसै पनि हल्का माटो युक्त हुने हुनाले राम्रोसँग धोएपछि मात्रै यसको रंग देख्न सकिन्छ । यदि आलुको रंग खैरो, रातो भन्दा फरक हरियो, बैजनी र वा कालो छ भने त्यो आलु अब खान लायक छैन । त्यसमा न्यूरोटक्सिनको मात्रा बढेको छ । र यस्तो आलु खाएमा विभिन्न समस्याहरु हुन्छ । आउनुहोस् जानीराख...