Previou https://www.youtube.com/c/SVArenaMedia कस्तो बाख्रा छान्ने? बाउ र माउको घर ठेगाना पत्ता लागेको; पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने) धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ) सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको सकेसम्म जुम्ल्याह जन्माउने माउ बाट जन्मेको वा जुम्ल्याह जन्माउने जातको वोका लागेको रोगब्याधि नलागेको, सकेसम्म खोप लगाएको, नियमित जुकाको र नाम्लेको औषधि खुवाएको। कति सम्म बाख्रा राख्ने कति सम्म बाख्रा राख्न सकिने भन्ने कुरा कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरामा भर पर्छ। यदि अन्तराष्ट्रिय बाख्रापालनको मापदण्डलाई मान्ने हो भने प्रति १५ बाख्रा ९०० वर्गफिटको जमिनको आवश्यकता पर्दछ। तर उक्त प्रकारको क्षेत्रफल बाख्राको लागि छुट्ट्याउदा गाँउघरको लागि बाख्रा पालन निकै महँगो पर्न जान्छ। हाम्रो गाँउघरमा ५x५ फिटको हाराहारीको खोरमा ७-८ वटा सम्म बाख्रा पालेको देखिन्छ। त्यसरी बाख्रा पाल्नु नितान्तै गलत हो भन्न सकिन्न तर यसरी ब...