चट्याङ: जोगिने तीन उपाय

गृहमन्त्रालयका अनुसार विगत एक वर्षयता चट्याङका कारण देशभर १०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।
मूलत: नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षायामपूर्वको याम ‘प्रि-मनसुन’मा चट्याङ धेरै पर्ने गरेको बताइन्छ।
चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरुले बताएका छन्।
विज्ञहरुसँग कुराकानी गरेर बीबीसी नेपालीले चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु तल प्रस्तुत गरेको छ।
१.’चट्याङप्रतिरोधी घर’
घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्दा चट्याङबाट जोगिन सक्ने विज्ञ श्रीराम शर्मा बताउँछन्।
२. सावधानी
बिहानको समयमा खेतबारीमा जान तथा घाँसदाउरा बटुल्ने काम गर्न र दिउसो ३ देखि ४ बजेपछिको समय बढी चट्याङ पर्ने भएकाले त्यतिबेला सकेसम्म घरमै रहन विज्ञहरु सुझाव दिन्छन्।
३. उच्चस्थानमा सतर्कता
चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरको नजिक नबस्न र अग्ला रुखमुनि ओत नलाग्न विज्ञहरुको सुझाव छ।
प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा विशेष सजग रहनुपर्ने उनीहरुको मत छ।bbc.com

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स