साउदी अरबमा लेबर बाहेक अन्य पदमा कार्यरत बिदेशी कामदारहरुको अकामा रिन्यु नहुने

साउदी अरबमा लेबर बाहेक अन्य पदमा कार्यरत बिदेशी कामदारहरुको अकामा रिन्यु नहुने


करिब १ करोड विदेशीलाई रोजगारी दिइरहेको साउदी अरबले पछिल्लो केहि वर्षदेखि विदेशी कामदारलाई कटौती गरि आफ्नै नागरिकलाई रोजगार दिने नीति अपनाउंदै आइरहेको छ । केहि वर्ष देखि निताकत नियम लागु गरे देखि नै विदेशी कामदार प्रति कठोररुपमा प्रस्तुत साउदी अरबले त्यहाँ कार्यरत विदेशी कामदारहरुलाई ठुलै झड्का दिने गरि अघोषितरुपमा आफ्नो कानुन कार्यन्वयन गर्दैछ ।
स्रोतका अनुशार अब देखि साउदी अरबमा सबै निजी तथा सरकारी कार्यालमा १९ प्रकारका पदमा कार्यरत विदेशी कामदारलाई हटाएर आफ्नै नागरिकलाई उक्त पदहरुमा जागिर दिने नीति ल्याएको छ । जसले गर्दा लेबरमा कार्यरत बिदेशी कामदारहरु बाहेक प्राय अन्य पदमा कार्यरत बिदेशी कामदारहरुले आफ्नो जागिरबाट हात धुनु पर्ने स्थिति आएको छ ।
इन्जिनियार्हरुका लागी केहि खुकुलो भए पनि ५ वर्षभन्दा बढी अनुभवी इन्जिनियरहरुलाई मात्र काममा राखिने बताइएको छ । ५ वर्षभन्दा बढी अनुभव भएका इन्जिनियरहरुले पनि साउदीको इन्जिनियरिंग काउन्सिलबाट लिईने परिक्षामा पास हुनु पर्ने प्रावधान राखिएको छ । जसले गर्दा साउदी अरबमा बिदेशीहरुले माथिल्लो स्तरमा जागिर नपाउने निश्चित जस्तै भएको साउदी-एक्सपट्राइट्स डट कमले जनाएको छ ।

अकामा/वर्क परमिट रिन्यु(नवीकरण) नहुने पदहरु निम्नलिखित छन्
क्र.सं. पद
१. एकाउन्टेन्ट
२. सेक्रेटरी
३. सेल्सम्यान
४. एडमिनिस्ट्रेटर
५. सेल्स म्यानेजर
६. सेल्स सुपरभाइजर
७. फाइनान्स म्यानेजर
८. चिफ एकाउन्टेन्ट
९. सिनियर एकाउन्टेन्ट
१०. अफिस म्यानेजर
११. सेल्स एसिस्टेन्ट
१२. एड्मिनिस्ट्रेसन म्यानेजर
१३. अफिस ब्वाई
१४. ड्राइभर
१५. रिसेप्सनिस्ट
१६. वेरहाउस म्यानेजर
१७. फोर्कलिफ्ट म्यानेजर
१८. लजिस्टिक सुपरभाइजर
१९. ह्युमान रिसोर्स म्यानेजर
विस्तृत जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस/ साथै हाल साउदी अरबमा कार्यरत व्यक्तिहरुले त्यहाँको बस्तुस्थितीहरु तलको कमेन्ट बक्समा लेखेर त्यहाँको परिस्थिति बारे अझ जानकारी दिन सक्नुहुनेछ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स