Skip to main content

सेक्सपियरका जीवन उपयोगी प्रेरक भनाइहरु

सेक्सपियरका जीवन उपयोगी प्रेरक भनाइहरु


विलियम शेक्सपियर (२६ अप्रिल १५६४ – २३ अप्रिल १६१६) अङ्ग्रेजी कवि तथा नाटककार थिए । उनलाई व्यापक रूपमा अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । उनको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ ।
आज हामी उनै सेक्सपियरका केही महान् वाणी उद्धृत गर्दै छौँ, जो तपाईंको जीवनलाई पनि सुन्दर र सफल बनाउन महत्वपूर्ण साबित हुन सक्छ ।
१. ‘तपाईं सबैलाई प्रेम गर्नुस् । तर, केहीलाई मात्र विश्वास गर्नुस् । कसैका लागि कहिल्यै गलत काम नगर्नुस् ।’
२. ‘मेरो मद्दत या उपहार समुद्रजस्तै अनन्त छ र प्रेम पनि । मैले तिमीलाई जति धेरै दिन सक्छु त्यति नै हामी दुईले पाउँछौँ ।’
३. ‘यदि तपाईंको आत्माको भलो हुन्छ भने सम्झनुस् सबैको भलो हुन्छ ।’
४. ‘एक मूर्ख व्यक्ति आफूलाई बद्धिमान् सम्झन्छ । तर, एक बुद्धिमान् व्यक्ति आफूलाई मूर्ख सम्झन्छ ।’
५. ‘डरपोक व्यक्ति मर्नुअघि कैयौँपटक मरिसकेको हुन्छ । तर, एक साहसी व्यक्तिले जीवनमा एकपटक मृत्युको स्वाद चाख्न पाउँछ ।’
६. ‘जे गर्न सक्नुहुन्छ त्यही बोल्नुस् । तर, जे बोल्नुहुन्छ त्यही गर्नुस् ।’
७. ‘तपाईं विचारमा जति महान् हुनुहुन्छ, काममा पनि त्यति नै महान् बन्नुस् ।’
८. ‘जुन खेल तपाईं खेल्नुहुन्न नि, तब हार्नका लागि पनि सक्षम हुनुहुन्न।’
९. ‘आफूले प्रशंसा पाउने चाहना राख्नुहुन्छ भने अरूको पनि प्रशंसा गर्नुस् ।’
१०. ‘नाममा केही हुँदैन । तपाईंले गुलाबलाई कुनै अरू नाम दिनुस् । तर, उसको सौन्दर्य उस्तै रहन्छ ।’
११. ‘मेरो मद्दत या उपहार समुद्रजस्तै अनन्त छ र प्रेम पनि । मैले तिमीलाई जति धेरै दिन सक्छु त्यति नै हामी दुईले पाउँछौँ ।’
१२. ‘हाम्रो जीवनमा कुनै त्यस्तो राम्रो र नराम्रो भन्ने हुँदैन । त्यस्तो बनाउने त हाम्रो सोचले हो ।’
१३. कुनै महान् काम गर्नका लागि केही गल्ती पनि गर्नुस् । यसो भन्दैमा जानी–जानी गल्ती गर्नुस् भन्नेचाहिँ होइन ।
१४. ‘बुद्धिमान् व्यक्ति बिस्तारै–बिस्तारै अगाडि बढ्छ । जो लक्ष्यप्राप्तिका लागि हतारमा अघि बढ्छ, उसले गल्ती गर्छ र लडी मात्र रहन्छ |’
१५. ‘तपाईं कसैलाई प्रेम गर्न थाल्नहुन्छ । जब उसबाट तपाईंलाई दुःख मिल्छ, तब अझ बढी प्रेम गर्नुस् ।’
१६. ‘एक मिनेट ढिलो गर्नुभन्दा तीन घन्टा पहिला पुग्नु कैयौँ गुणा राम्रो हो ।’
१७. ‘इष्र्यासँग सधैँ सावधान रहनुस् । किनकि त्यो राक्षस हो । उसले शरीरलाई तिरस्कार गर्छ र धोका दिन्छ ।’

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स