सुँगुरको मासु मानव स्वास्थ्यलाई खतरनाक, के भन्छन अनुसन्धानकर्ता ?


सुँगुरको मासु मानव स्वास्थ्यलाई खतरनाक, के भन्छन अनुसन्धानकर्ता ?


 नेपालका थारु समुदायमा सबैभन्दा बढी प्रयोग हुने सुगुरको मासु बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण गरेको हुन सक्ने अनुसन्धानले देखाएको छ । 
पब्लिक हेल्थ बेलायतका अनुसन्धानकर्ताले सुँगुरको मासु किनेका मानिसमा गरेको अनुसन्धानबाट उनीहरु हेपाटाइटिस ई को भाइरसबाट संक्रमित भएको पाइएको थियो । 
अध्ययनले ती मानिसले बेलायतको नाम चलेका सुपरमार्केटबाट सुँगुरको ह्याम र ससेज किनेर खाएका थिए । पब्लिक हेल्थ बेलायतले ती सुपरमार्केटका नाम दिन अस्विकार गरेपनि बेलायतका पत्रपत्रिकाले भने ती नाम नखुलाइएका सुपरमार्केटमा बेलायतको ठूलामध्येका एक टेस्को सुपरमार्केट पनि रहेको बताएको छ । 
पब्लिक हेल्थ बेलायतका प्रवक्ताका अनुसार हेपाटाइटिस ई को संक्रमणबाट सर्वसाधारणको स्वास्थ्यमा पर्ने खतरा बेलायतमा अत्यन्तै कमजोर रहेको छ । उहाँले हेपाटाइटिस ई सामान्य र व्यक्तिमा मात्रै सीमित रहने रोग भएकाले कति मानिसमा यत्तिकै निको हुने पनि बताए । 
पब्लिक हेल्थ बेलायतले ब्रिटिश सुँगुरमा उक्त भाइरस नभेटिएको र संक्रमण बेलायतभन्दा बाहिरबाट ल्याइएका सुँगुरका मासुजन्य पदार्थ खाएकाले भएको बताएको छ । 
सुँगुरको मासुले हेपाटाइटिस भन्ने समाचार यस साता बेलायतका विभिन्न सञ्चारमाध्यममा राम्रै स्थान पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स