नेपाली राजदूतावास रियाद ।

साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।
१.  साउदी अरबमा कोरोना भाइरसको संक्रमणले यहाँको नेपाली समुदायमाहरुमा परेको प्रभाव र यसका कारण परेका समस्या, समस्या समाधानमा विभिन्न कोणबाट हालसम्म भएका प्रयास र आउँदा दिनहरुमा गर्नुपर्ने कार्यहरूका बारेमा  छलफल  गर्न साउदी अरबका लागि नेपालका महामहिम राजदूत प्रा. डा. महेन्द्र प्रसाद राजपूतले साउदी अरबमा कृयाशील गैर आवासीय नेपाली संघ, नेपाली संघसंस्थाका प्रतिनिधि, नेपालका राष्ट्रिय दैनिकका सम्वाददाता, साउदी अरबमा लोकप्रिय अनलाइन मिडिया र सामाजिक मिडियाका प्रतिनिधिहरुसँग भिडियो नेटवर्कबाट छलफल गर्नुभयो । छलफलमा उपस्थित प्रतिनिधिहरुले संक्रमणका कारण आउँदा दिनहरुमा नेपाली कामदारहरुमा समस्याको समाधानमा राजदूतावाससंँग सहकार्य गरेर अगाडि बढ्न आफूहरु सदा तयार रहेको बताउनुभयो । सो अवसरमा महामहिम राजदूतले संक्रमणको यो अवधिमा नेपालीहरुमा आइपरेका समस्या समाधानमा भए गरेका प्रयास र उपलवब्धिका बारेमा प्रकाश पार्दै आगामी दिनहरूका लागि गर्नुपर्ने तयारीहरुका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय एवं राष्ट्रिय समन्वय समिति, प्रवासी नेपाली एकता मंच, जन सम्पर्क समिति, अन्तरसंस्था समन्वय समिति दम्माम र रियाद, प्रवासी नेपाली समन्वय समिति, अन्नपूर्णपोष्टका सम्वाददाता, एनए मिडिया, पीटी अनलाइन, सैलुङ अनलाइन, लालइन्टरटेन्मेण्ट, हिमालयनदृष्टि, न्यूअनलाइन  नेेपाली राजदूतावासका पूर्वक्षेत्रका जनसम्पर्क अधिकारीको सहभागिता रहेको थियो । उक्त छलफलमा नियोग उपप्रमुख र श्रम काउन्सेलरको पनि उपस्थिति रहेको थियो ।
२. नेपाली राजदूतावासले आजबाट संचालनमा ल्याएका निम्न दुईवटा अतिरिक्त टेलिफोनमा उल्लेखनीय संख्यामा समस्यामा परेको भनेर नेपाली कामदारहरूबाट टेलिफोनहरू आएका छन् । अहिलेको संकटको अवस्थामा आफ्ना वास्तविक समस्याहरु टिपाएर सूचना संकलनको महत्वपूर्ण कार्यमा जिम्मेवार भई सहयोग गरिदिनुहुन अनुरोध छ ।

सम्पर्क फोन नम्वरहरु र समय (आइतवार देखि शुक्रवारसम्म)
क.  फोन नम्वर ०५०००३१७०५ समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म

ख.  फोन नम्वर ०५०००३४७८६, समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म

३. आज मिति २०७७।०१।१५ (अप्रिल २७, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १८,८११ पुगेको छ । आज थप  १,२८९ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म २,५३१ जना निको भएका छन् । आज ५ जना सहित आजसम्ममा जम्मा १४४ जना संक्रमितको मृत्यु भएको छ । थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारी प्राप्त भएको छैन ।

नेपाली राजदूतावास
रियाद ।
२०७७।०१।१५

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स