नवराज सिलवालद्वारा सर्वस्व लुटिएका ब्रिटिश लाहुरेको दर्दनाक कथा (भिडियो सहित)
नवराज सिलवालद्वारा सर्वस्व लुटिएका ब्रिटिश लाहुरेको दर्दनाक कथा (भिडियो सहित) सिलवालको मनमा पाप नपलाएको भए आज सारा नेपालीले बसन्त भुजेलको जय जयकार गाउँथे पिडित भुजेल मलाई अपहरणको शैलीमा हनुमानढोका पुर्याएपछी हातमा लागूऔषधको पोको थमाउँदै तत्कालिन डिएसपी नबराज सिलवालले भने, “खुरुक्क यो कागतमा सहि गर्ने भए गर नत्र ड्रक्स काण्ड लगाएर जेलमा सडाई दिन्छु । “आफ्नो दुर्दिनको कथा यसरी शुरु गर्छन्, गुल्मी तम्घास वडा न. ४ निवासी ‘बसन्त बहादुर भुजेल’ । हुनपनि पत्यारिलो लाग्दैन झट्ट सुन्दा उनको कुरा तर बेलायती सेनाका अवकाशप्राप्त यी सोझा लाहुरे इन्जिनियरसँग त्यस्ता प्रमाणहरु छन् जसले जोकोहिलाई उनका कुरामा विश्वास गर्न बाध्य पार्छ । नवराज सिलवाल र उनका भाई सुदर्शन सिलवालबाट ज्यान जोगाउन १५ वर्ष बेलायतमा प्रवासी जीवन बिताउंदा समेत उनले सम्हालेर राखेका ति दसीहरु आवश्यक छैन नेपाल प्रहरीका सिआइबि प्रमुख सिलवाल पदको कुनहदसम्म दुरुपयोग गर्छन् भन्ने कुरा प्रष्ट पार्न । केहि समय अघि नेपाली अनलाइन मिडियामाथि उनले गरेको आक्रमण नै सिलवालका गैरकानुनी हर्कत प्रष्ट्याउन काफी छ । यो कथ...