नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल ३ बर्षदेखि साउदीको जेलमा

नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल ३ बर्षदेखि साउदीको जेलमा



 । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ मदनपुर ३६ बर्षीय थानेश्वर भुसाल ३ बर्षदेखि साउदीको जेलमा रहेका छन् । उनलाई दुर्घटनामा लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । दशंै यता छोराले फोन नगरेको थानेश्वरका आमा यमकला भुसालले बताइन् ।
आमा यमकलाले भनिन् – अन्तिम पटक दशैंको टिको दिन फोन गरेको थियो । फोनबाट आर्शिवाद दिए । त्यसपछि सम्पर्क छैन । आमा यमकलाका अनुसार थानेश्वरले फोन गर्दा आफूसंग मोबाइल पैसा नभएको र साथी भाई कसैको मोबाइलमा पैसा हुंदा फोन गर्न पाउंदा गर्छु । तपाईहरुले नगर्नु यहां त्यो नम्बरमा फोन लाग्दैन भनेर भन्ने गर्दथे ।
थानेश्वरको परिवारले थानेश्वरलाई छुटाउन पटक पटक पहल गरेपनि छुटाउन नसकेको र उनलाई नेपाल फर्काउनका लागि पहल गरिदिन थानेश्वरको परिवारले आग्रह गरेका छन् ।
दुई भाइ दाजुभाइ मध्ये जेठा छोरा थानेश्वर भुसाल ६ बर्ष अघि साउदी गएकोमा तीन बर्षदेखि साउदीको जेलमा छन् । भने कान्छो भाइ हिमप्रसाद भुसाल कतारमा चारबर्षदेखि कार्यरत रहेका छन् । भाइ दोस्रो पटक वैदेशिक रोजगारका लागि कतार गएका हुन् ।
२०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए । उनले चलाएको ट्रिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारी साधनमा रहेका र ठक्करबाट धकेलिएको ट्रिपरले अगाडि ठक्कर दिने अर्को सवारी साधनमा रहेका गरी २ जनाको ज्यान गएको थियो ।
थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटनामा पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउँन खोज्दा कम्पनीको साहूले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताइन् ।
पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी अहिले ३ बर्षदेखि जेलमा रहेका छन् ।
के विषयमा मुद्दा हालिएको छ ? कति सजाय तोकिएको छ छैन आफूहरुलाई प्रष्ट जानकारी नभएको भुसालकी दिदी कृष्णमाया भट्टराईले बताइन् ।
उनीहरुले सामी परियोजनामा रिहाईका लागि पहल गरिदिन आग्रह गरेको र सोही अनुसार काम अगाडि बढाएको सामी परियोजनाका रितुराम सोतीले बताए।
उनका परिवारले परराष्ट्र मन्त्रालय, साउदीमा रहेको नेपाली दुताबासमा समेत रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए। दुताबासले पहल गरिरहेको दुताबासका रेवती पौडेललाई उद्धृत गर्दै उनका आमा यमकला भुसालले बताइन् ।
उनी हसेन हल हर्वीमा काम गर्दथे। कम्पनीले लाइसेन्स नदिएको कारण थानेश्वर भुसाल जेल परेको हुन सक्ने उनीहरुको अनुमान छ । इन्नोभेटिभ मेनपावर कम्पनीबाट विदेश गएका उनलाई कम्पनीले छुटाउन कुनै पहल नगरेको र कम्पनीलाई आग्रह गर्दा अहिले फोन समेत नउठाउने गरेको आमा यमकलाले बताइन् ।
थानेश्वरकी दिदी भट्टराईले मेन पावर कम्पनी र थानेश्वरले काम गर्ने कम्पनी दुवैले छुटाउनका लागि कुनै पहल नगरेको बताइन् ।
श्रीमान् दुर्घटनामा परेर जेल परेको थाहा पाएपछि उनकी श्रीमतीले घर छाडेर गएकी छिन् ।
उनले विवाह गरेको केही समयमै विदेश गएका थिए। थानेश्वरकी आमा छोरा रिहाई भएर आए अब विदेश नपठाउने र घरै सुखदुख गरेर बस्न लगाउने समेत बताइन् ।
छोरा जेल परेको थाहा पाएपछि विक्षिप्त भएकी आमा यमकला भुसाललाई सामी परियोजनाले मनोपरामर्श दिएको र थानेश्वरलाई छुटाउन पहल गरिरहेको सामी परियोजनाका मनोपरामर्श दाता रामु बरालले बताए ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स