विदेश जानु अघि घरपरिवारलाई छाड्नसपर्ने कागजात

विदेश जानु अघि घरपरिवारलाई छाड्नसपर्ने कागजात

फागुन २९ पोखरा । के तपाईं वैदेशीक रोजगारीका लागि जाँदै हुनुहुन्छ ? यदी त्यसो हो भने वैदेशीक रोजगारीमा जाँदा सम्वन्धीत निकायमा बुझाएका कागजपत्रका एक प्रति परिवारमा छाड्न नभुल्नु होला । जसले पछि रोजगारीका क्रममा आउन सक्ने समस्या समस्या समाधान गर्न ठूलो मद्दत पुर्याउछ ।

विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने ती कागजपत्रले सहयोगले उद्धार र अरु सहयोगमा सजिलो पार्छ । त्यही कागजपत्रका आधारमा तपाईंका परिवारले सरकारी निकाय र अन्य संघसंस्थामा सहयोग माग्न सक्छन् ।
जस्तै तपाईको पासपोर्ट, म्यानपावर कम्पनीले विदेशमा आफू काम गर्न जाने कम्पनीसँग गराएको सम्झौतापत्र, बीमाको कागजपत्र, कल्याणकारी कोषमा जम्मा गरेको रकमको रसिद, म्यानपावर कम्पनीलाई बुझाएको रकमको रसिद वा भर्पाइ, मेडिकल रिपोर्टको फोटोकपी परिवारलाई छाडेर जानुपर्छ । जसले गर्दा तपाईंलाई आइपर्ने समस्यामा घरपरिवारले त्यसैका मद्दतबाट नै तपाईंले सहयोग तथा कुनै समस्या परेको खण्डमा उद्दार गर्न समेत सजिलो हुने गर्दछ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स