साउदीमा कोरोना संक्रमित नेपाली बढ्दै, महावाणिज्यदूतावास जेद्दाको कार्यक्षेत्रमा मात्रै २६ संक्रमित

अरबमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै गरेको नेपाली महावाणिज्यदूतावास जेद्दाले जनाएको छ । बिहीबार महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै साउदी अरबमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै गइरहेको जनाएको हो । सूचनामा महावाणिज्यदूतावास जेद्दाले आफ्नो कार्यक्षेत्रमा मात्रै २६ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको उल्लेख गरेको छ । संक्रमित नेपालीको विवरण महावाणिज्यदूतावासले फोनबाट संक्रमित व्यक्ति स्वयंसँग, सोही कम्पनीमा कार्यरत अन्य सहकर्मीसँग, कम्पनीको पिआरओसँग तथा उपचाररत अस्पतालका सम्बन्धित चिकित्सकबाट प्राप्त गरेको जनाएको छ । संक्रमितमध्ये १ जना उपचारपछि निको भएका छन् भने २५ जना उपचाररत रहेको जनाइएको छ । उपचाररतमध्ये १ जनाको गम्भीर अवस्था रहेको बताइएको छ । नेपाली महावाणिज्यदूतावास जेद्दाको कार्यक्षेत्र भित्र मक्का, मदिना जेद्दा, आभा खमिस, असिर, जिजान, नजरान पर्दछन् । यसअघि अन्य क्षेत्रमा पनि केही नेपाली संक्रमित भएका थिए ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स