सन्तानले लत्याएर सडकमा पुगेकी आमाको मनछुने पत्र, पढ्दा आँसु रोकिँदैन मेरो मुटुको टुक्रा,यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु । सायद पुकार्दा-पुकार्दै अन्तिम स्वास फेर्छु होला । तिमीलाई त थाहा छ/छैन, पोहोर सालको चै1तमा तिमीले मलाई वृद्धाश्रममा छाडेर गएको ठ्याक्कै तेह्र महिना पुगेछ । यो तेह्र महिनामा म तेह्र हजार पटक मरेँ हुँला, तिम्रो मायालु अनुहार हेर्न नपाएर अनि तिमीलाई मेरो नजरको वरिपरि देख्न नपाएर । सन्तानको माया कस्तो हुन्छ भन्ने त यतिबेलासम्म तिमीले थाहा पाईसक्यौ होला नि है ! तिमीले मलाई वृद्धाश्रम लग्ने बेला बुहारी दुई जीउकी थिईन् । आफ्नो मुटुको टुक्रा आफूदेखि अलग हुँदा कति पीडा हुन्छ, त्यो कुरा तिमीले बुझिसक्यौ होला । म पनि तिम्रै यादले गर्दा आजसम्म बाँचेकी छु । एकमुठी स्वास फ़ेर्न सकेकी छु । मलाई आशा छ, म मर्ने बेलासम्म तिम्रो अनुहार हेर्न पाउनेछु । तिमीले मलाई छाडेको वृद्धाश्रममा म अटाइन छोरा । किनकी म भन्दा धेरै दु:खी आमाहरु थिए त्यहाँ । जसको यस संसारमा कोही थिएनन् । मेरो त तिमी छौ, बुहारी छिन् र नाती पनि छ रे भन्ने सुनेकी...