घरमै बनाउन सकिन्छ चिकेन बिरयानी

घरमै बनाउन सकिन्छ चिकेन बिरयानी

 http://orsimages.unileversolutions.com/ORS_Images/Knorr_en-IN/Hyderabadi%20Chicken%20Biryani%20%20Recipe%20Knorr%20India_29_3.1.16_326X580.Jpeg


स्वादिलो बिरयानी खानका लागि रेष्टुरेन्ट धाउनै पर्छ भन्ने छैन । यसलाई सजिलै घरमा पनि बनाउन सकिन्छ । यहाँ चिकेन बिरयानी बनाउने विधी दिइएको छ । यसका लागि बोनलेस चिकेन चाहिन्छ ।

आवश्यक सामग्री
  • फ्राइड चिकेनका लागि
  • चिकेन- आधा केजी
  • अदुवा र लसुनको पेस्ट- एक चम्चा
  • रातो खुर्सानी पाउडर- आधा चम्चा
  • बेसार- आधा चम्चा
  • गरम मसला- आधा चम्चा
  • नुन- स्वाद अनुसार

चामलका लागि
  • बासमती चामल- दुई कप
  • ल्वाङ, सुकुमेल र मरिचको धुलो
  • रातो खुर्सानीको धुलो- एक चम्चा
  • बेसार- एक चौथाई चम्चा
  • अदुवा र लसुन पेस्ट- एक चम्चा
  • प्याज- चार वटा, स-सना टुक्रामा काटिएको
  • गोलभेडा- चार वटा, टुक्रा पारेको
  • कागतिको रस- एक चम्चा
  • पुदिना-
  • धनिया-
  • केसर- थोरै दुधमा भिजाउने
  • दही-
  • नुन- स्वाद अनुसार
  • तेल- दुई ठूलो चम्चा

कसरी बनाउने ?
सबैभन्दा पहिला बासमती चामललाई आधा घण्टा पानीमा भिजाउने । एउटा भाँडामा चिकेन, अदुवा लसुनको पेस्ट, रातो खुर्सानी, बेसार, गरम मसला र नुन मिसाएर तीस मिनेट राख्ने । त्यसपछि चिकेनलाई डिप फ्राइ गरेर राख्ने ।

अब फ्राइ प्यानमा तेल तताएर आधा प्याज हालेर फ्राइ गर्ने र निकाल्ने । त्यस तेलमा बाँकी रहेको प्याज, गरम मसला हालेर केहि मिनटे भुट्ने । फेरी त्यसमा काटेको गोलभेडा, बेसार हालेर पकाउने । त्यसमाथि रातो खुर्सानी पाउडर, धनिया पाउडर हरियो खुर्सानी, दही, पुदिना र हरियो धनिया हालेर ६ मिनेट जति पकाउने ।
अब पानी हाल्नुपर्छ । पानी उम्लन थालेपछि बासमती चामल हालेर फ्राइ गर्नुपर्छ । त्यससँगै चिकने पनि हाल्ने । कागतिको रस हाल्ने र आगो धिमा बनाउने ।

चामल उम्लन थालेपछि त्यसमाथि फ्राइ गरेको प्याज र केसर घोलेको दुध हाल्नुपर्छ । अब ढक्कनले छोप्नुपर्छ । पाँच मिनेटको लागि आँगो तेज बनाउने । यसपछि फ्राइ चिकेन बिरयानी तयार हुन्छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स