Skip to main content

क्रिसमसमा बिदा दिने, रामनवमीमा काट्ने ? निर्णय सच्याऊ’ – कमल थापा

क्रिसमसमा बिदा दिने, रामनवमीमा काट्ने ? निर्णय सच्याऊ’ – कमल थापा


। नेपाल सरकारले २२ वटा सार्वजनिक बिदा कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ वटा बिदा कटौतीको निर्णय गरेको हो ।
यो वर्ष १०४ दिन सार्वजनिक बिदा रहेको र आगामी वर्ष ८९ दिन मात्र सार्वजनिक बिदा हुनेछ । तर, २२ वटा सार्वजनिक काट्दा हिन्दु धर्मावलम्बीले मान्दै आएको चाडपर्वको काटिएको भन्दै विरोध सुरु भएको छ ।
राप्रपा अध्यक्ष कमल थापाले सरकारलाई आफूले गरेका निर्णय सच्याउन माग गरेका छन् ।
उनले राष्ट्रिय एकता दिवस र सनातन धर्मावलम्बीहरूरुको महत्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व बिदा कटौती गर्ने निर्णय दुर्भाग्यपूर्ण भनेका छन् ।
उनले आफ्नो फेसबुक मार्फत बिदा सच्याउन आग्रह गरेको छ ।
थापाले आफ्नो फेसबुकमा यस्तो लेखेको छ :
राष्ट्रिय एकता दिवस र सनातन धर्माबलम्बीहरुको महत्वपूर्ण धार्मिक/सांस्कृतिक पर्वबिदा कटौती निर्णय दुर्भाग्यपूर्ण।क्रिसमसमा बिदा दिने तर श्रीकृष्ण जन्माष्टमी,रामनवमी र घटस्थापनामा बिदा नदिने निर्णय पुर्वाग्रही छ।सरकार हिन्दुधर्म कमजोर बनाउने षडयन्त्रको संवाहक बन्यो।निर्णय सच्याउ

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स