“चुडी लग्यौ” बोलको म्यूजिक भिडियो सफलता पछि प्रदिपको व्यस्तता बढ्दो (भिडियो सहित)

“चुडी लग्यौ” बोलको म्यूजिक भिडियो सफलता पछि प्रदिपको व्यस्तता बढ्दो (भिडियो सहित)


नृत्य निर्देशक संघ नेपालको निर्माण तथा संघकै उपाध्यक्ष एवं चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठ निर्देशित तथा गीतकार यशु थापाको ‘चुँडी लगेउ मुटु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजसागरको स्वर तथा संगीत रहेको उक्त गीतको ऐरन्ज रिकेश गुरुङ्गको रहेको छ ।

बेल्जियम  एनआरएनका पूर्व उपाध्यक्ष तथा सल्लाहकार एवं क्षेत्री समाजका महासचिव यशु थापाको शव्द रहेको गीत छोटो समयमा नै लोकप्रिय भएको छ । रचनाकार यशुका यस अघि शव्दहरु पनि निकै चर्चामा रहने गरेका थिए । बिदेशमा रहेर पनि नेपाली गीत रचनामा सक्रिय रुपमा लागेकी यशु सामाजिक सेवामा पनि उनको योगदान रहेको छ । विभिन्न व्यापार व्यबसाय तथा समाजसेवामा व्यस्तताका बावजुद पनि गीत रचना गर्न अग्रसर उत्कृष्ट लेखन भएकै कारण छोटो समयमा नै उनको चर्चा चुलिएको छ । “गीतान्जली” नामक एल्बम उनीद्धारा रचित पछिल्लो एकल एल्बम हो । राजसागरको स्वर तथा संगीत रहेको उक्त एल्बममा समावेश गीतहरु निकै लोकप्रिय छन् ।

गोदावरी भिलेज रिसोर्ट तथा गोदावरी वरपरका मनोरम स्थलहरुमा छयांकन भएको गीतको म्यूजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन भने मेक अप निर्मला आचार्य रहेको छ । बिष्णुहरि तिमल्सिनाले सम्पादन गरेको भिडियोमा मोडल रेनु लामा, सन्दिप गुरुङ्ग तथा प्रकाश सूवेदीको अभिनय रहेको छ ।

थुप्रै चलचित्रमा डान्स कोरियोग्राफी गरेर चर्चा कमाएका सफल निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका म्युजिक भिडीयोहरु लोकप्रिय हुने गरेका छन । भिडियो सार्वजनिक पश्चात उनको चर्चा पून सांगीतिक क्षेत्रमा बढ्न थालेको छ । सकारात्मक प्रतिक्रृया र उनको निर्देशनको दर्शकले निकै तारिफ गरेका छन । नृत्य निर्देशक श्रेष्ठ पछिल्लो समय म्यूजिक भिडियो निर्देशकमा सांगीतिक क्षेत्रका व्यस्त निर्देशकमा पर्ने गरेका छन ।
भिडियो :


Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स