साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार ।
साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार । एन आर एन ए एनसिसि साउदीको माताहातमा रहेको अल कासिम क्षेत्रीय समन्वय समिती अल कासिमले ८ बर्षदेखि नेपाल जान नपाई घर भित्र बन्दी जीवन बिताएकि, खद्दामा (House Maid) को रुपमा काम गर्दै रहेकि, दोभान -२, पाल्पा घर भएकि कमला दर्लामी मगर नाम गरेकी नेपाली चेलिलाइ उद्दार गरि नेपाल पठाउन सफल भएको छ । घरको गरिबी अवस्था तथा सपनाको महललाई मनमा सझाउदै मुम्बई को बाटो हुँदै ८ बर्ष अघि साउदी अरब आइपुगेकी कमला आफ्नै आफन्तको लह- लहै बाट फसेकि थिइन । ८ बर्ष सम्म आफ्नो जन्मभुमि जान नपाएकी उक्त चेलिको उद्दारको लागि ११ मे महिनामा तबुकमा रहनु भएका एन सि सि सल्लाहकार भक्त हमालद्वारा खबर गरिए लगत्तै एन सि सि सचिब तथा नेपाली दूतावास साउदीका स्वयंसेवक समेत रहेका बिशाल श्रेष्ठ र एन आर एन ए आर सि सि अल कासिमका पदाधिकारीहरु द्वारा उनको उद्दार कार्य अगाडी बढाइएको थियो । मोबाइल् समेत चलाउन नपाएका कारण आफ्ना आफन्त कोहि कसैसित पनि सम्पर्क नरहेको उक्त चेलि बताउछिन । सोही घरमा काम गर्ने अर्कि इनडियन महिलासितको सम्पर्कमा बारम्बारको प्रयास पछि बुरैद...