साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार ।


साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार ।


एन आर एन ए एनसिसि साउदीको माताहातमा रहेको अल कासिम क्षेत्रीय समन्वय समिती अल कासिमले ८ बर्षदेखि नेपाल जान नपाई घर भित्र बन्दी जीवन बिताएकि, खद्दामा (House Maid) को रुपमा काम गर्दै रहेकि, दोभान -२, पाल्पा घर भएकि कमला दर्लामी मगर नाम गरेकी नेपाली चेलिलाइ उद्दार गरि नेपाल पठाउन सफल भएको छ । घरको गरिबी अवस्था तथा सपनाको महललाई मनमा सझाउदै मुम्बई को बाटो हुँदै ८ बर्ष अघि साउदी अरब आइपुगेकी कमला आफ्नै आफन्तको लह- लहै बाट फसेकि थिइन ।
८ बर्ष सम्म आफ्नो जन्मभुमि जान नपाएकी उक्त चेलिको उद्दारको लागि ११ मे महिनामा तबुकमा रहनु भएका एन सि सि सल्लाहकार भक्त हमालद्वारा खबर गरिए लगत्तै एन सि सि सचिब तथा नेपाली दूतावास साउदीका स्वयंसेवक समेत रहेका बिशाल श्रेष्ठ र एन आर एन ए आर सि सि अल कासिमका पदाधिकारीहरु द्वारा उनको उद्दार कार्य अगाडी बढाइएको थियो । मोबाइल् समेत चलाउन नपाएका कारण आफ्ना आफन्त कोहि कसैसित पनि सम्पर्क नरहेको उक्त चेलि बताउछिन । सोही घरमा काम गर्ने अर्कि इनडियन महिलासितको सम्पर्कमा बारम्बारको प्रयास पछि बुरैदा शहर देखि १६0 कि. मि. किबा भन्ने ठाउँ उनी बसेको घर पत्ता लागाइएको र उक्त पीडित चेलिलाइ उद्दार गर्न साउदीस्थित नेपाली दूतावाससित समन्वय गरि दूतावासको गाडी मगाइएको थियो । तर बिडम्बना उक्त दिनमा घरको साउले पक्डिएर उक्त चेलिलाइ कुट्पिट समेत गरेको र दूतावास गाडिलाइ पनि पुलिसको जिम्मा लागाएको थियो भने उद्दार का लागि जानुभएका एन सि सि सचिब बिशाल श्रेष्ठ तथा आर सि सि अल कासिमका प्रबक्ता कृष्ण अधिकारी उक्त समस्याबाट बचेर फर्किनु भए पनि पुलिसबाट फोनेमा निकै केरकार गरिएको थियो । र अन्त्यमा उक्त चेलिलाइ इद को छुट्टी पछि नेपाल पठाउने प्रतिबद्धता का साथ साहुले उक्त चेलिलाइ घरमा लिएर गएको र गत २ जुलाइमा फ्लाइ दुवैको हवाइ टिकट काटेर नेपाल पठाइएको र उक्त चेली नेपाल पुगिसकेको जानकारी उक्त पीडितका भाइ राजिब थापाले अबगत गराउनु भयो ।
स्मरण रहोस आरसिसि अलकासिमबाट यस्ता उद्दार कार्यहरु बिगतमा पनि धेरै गरिएको छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स