Posts

कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा

Image
कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा काठमाडौं, २ माघ । चलचित्र छक्का पञ्जाका निर्माता एवं कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै आईतबार विभिन्न कलेजका विद्यार्थीहरुले -याली निकालेका छन् । कलाकार गिरी कृष्ण सुवेदीको हत्यारा भएको समेत उनीहरुले आरोप लगाएका छन् । नोबेल कलेज, सिस्ट कलेज र कर्णाली कलेजका विद्यार्थीहरुले कलाकार गिरीले मानसिक यातना दिएकै कारण कृष्ण सुवेदी (रुपेश) ले आत्महत्या गरेको बताएका छन् । चलचित्र छक्का पञ्जाको पाईरेसीको आरोपमा गत पुस २८ गते आत्महत्या गर्न बाध्य भएका नोबेल कलेजका विद्यार्थी कृष्ण सुवेदीको स्मृतिमा विद्यार्थीहरुले आईतबार -याली समेत निकालेका थिए । उक्त -याली सिनामंगलबाट सुरु भई पुरानो बानेश्वर, नयाँ बानेश्वर र बिजुलीबजार हुँदै माईतीघर मण्डलामा पुगी टुंगिएको थियो । नोबेल विद्यार्थी परिषद्का अध्यक्ष प्रशान्तजंग कुँवरको नेतृत्वमा -याली निकालिएको हो । विद्यार्थीहरुले कलाकार गिरीलाई हदैसम्मको कारवाही गर्नुपर्ने र छक्का पञ्जा पाईरेसी भएको विषयमा छानविन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । विद्य...

बदनाम भएका कांग्रेसका यी मन्त्रीहरुलाई नजिकबाट चिन्ने कि

Image
बदनाम भएका कांग्रेसका यी मन्त्रीहरुलाई नजिकबाट चिन्ने कि ! काठमाडौं, २ माघ । नेताले ठान्नु पर्ने हामी नोक्कर हौं, जनता मालिक हुन तर नेपालको मामिलामा यो ठिक विपरित हुदैं गइरहेको छ । नेपालमा नेता र नेतृत्वले जनतालाई नोक्कर ठान्दै मनपरी गर्न थालेपछि आशलाग्दा नेताहरु पनि पछिल्लो समय बदनामित बन्दै गएका छन् । ती मध्ये हामीले नेपाली कांग्रेसका चर्चित मन्त्रीहरुको बायोग्राफी तयार पारेका छौं । गगन थापा उनीबाट जनताले धेरै आश गरेका थिए ।  एकफेर बाबुराम भट्राई,गगन थापा,गोकर्ण विष्ट जस्ता मन्त्रीहरु देशले पाए छोटो समयमै फड्को मार्न सकिन्छ भन्ने मान्यता थियो तर सत्तामा पुगेपछि जनतालाई नोक्कर ठान्ने एक व्यक्ती गगन थापा पनि बने । अहिले उनी स्वाथ्य मन्त्री छन् । कतिबेलै मन्त्रालयमा बस्दैनन् । उनी पछिल्लो समय प्रचारमुखी कार्यक्रममा व्यस्त छन् । आफूले ल्याएका कार्यक्रमहरु व्यवहारमा उतार्न अहिले उनी असफल बनेका छन् । उनलाई काग्रेस नेता कृष्ण सिटौंलाको चम्चाका रुपमा लिइने गरिएको छ । जसकारण उनी सिटौंलाले दिएको चिट अनुसार काम गर्ने गरेको स्रोतको दावी छ । अजुर्ननरसिंह केसी नेपाली काग...

Gun Shot At Tribhuwan International Airport – Video

Image
Gun Shot At Tribhuwan International Airport – Video Krishna Bahadur Mahara is a Nepalese politician, belonging to the Unified Communist Party of Nepal (Maoist). In the April 2008 Constituent Assembly election he was elected from the Dang-3 constituency, winning 20784 votes. Deputy Prime Minister and Minister for Finance Krishna Bahadur Mahara on Friday conceded that the government was helpless in front of the organised crime when the smugglers ferried 33 kg gold from the Tribhuvan International Airport last week.

विप्लव माओवादीको निश्कर्ष : नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी

Image
विप्लव माओवादीको निश्कर्ष : नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी काठमाडौं, ३ माघ ।   शान्ति प्रक्रियापछि नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी हुदै गएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले निष्कर्ष निकालेको छ । आजको  नयाँ पत्रिका मा खबर छ– पार्टी पंक्तिभित्र आन्तरिक रूपमा अध्ययनका लागि वितरित विप्लवको गोप्य दस्ताबेजमा भारत अहिले सत्ता र विद्रोह दुवैमा अनौठो चालका रूपमा देखा परेको उल्लेख छ । सरकार गिराउने/बनाउने कामको नेतृत्वदायी भूमिकादेखि सरकारलाई अप्ठ्यारो पार्ने संघर्षसमेतमा भारतकै मुख्य हात देखिएको विप्लवले आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन् । विप्लवको गोप्य दस्ताबेजमा भनिएको छ, ‘विगतमा प्रचण्डको सरकार ढाल्नेदेखि हालै केपी ओलीको सरकार गिराउनेमा भारतको नै मुख्य हात रहेको छ । स्थिति कस्तो छ भने संघर्षमा उत्रिरहेका कैयौँ क्षेत्रीय पार्टीहरूलाई समेत भारतले नै बोकेर हिँडिरहेको छ । सत्तामा पनि आफैं, विद्रोहमा पनि आफैँको अनौठो चाल भारतले चालिरहेको छ ।’ एकीकृत जनक्रान्तिको कार्यदिशा  ८ मंसिर २०७१ मा मोहन वैद्य (किरण)को पार्टीसँग सम्बन्ध वि...

साउदीबाट कमाएर आए तर काठमाडौंमा ज्यान गुमाए

Image
काठमाडौं– साउदी अरवबाट कमाएर फर्केका तेह्रथुम योन्जोङ–३ का ४२ बर्षिय भक्तपुर कठायतको मृत्यु भएको छ । गत पुस २१ गते साउदीबाट नेपाल आएर काठमाडौ महानगरपालिका–२९ मित्रनगर स्थित लिला ढकालले संचालन गरेको नागार्जुन गेष्ट हाउसको कोठा नम्बर ३०२ मा बसेका कठायतको झ्यालबाट खसेर मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी शौचालय जाने क्रममा गेष्ट हाउसको झ्यालबाट दोस्रो तलामा खसेर गम्भीर घाइते भएका कठायतको उपचारको लागि ग्रिन सिटी अस्पताल धापासी लगिएकोमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हराएकी श्रीमतीको भारतकाे केरेलाबाट फाेन अाएपछ..

Image
हराएकी श्रीमतीको भारतकाे केरेलाबाट फाेन अाएपछ.. माघ २ गते , सुर्खेत । गत मंसिर २६ गते देखि हराएकि दसरथपुर-७ सिम्ले सुर्खेत निबासी लक्षमि  रास्कोटि मगर भारतमा भएकाे खबर अाएकाे छ ।सुर्खेतकाे जहरेमा दिदीको घर जान्छु भनी घर परिवारकाे सल्लाहा अनुसार हिडेकी थिईन लक्ष्मी । कामकाे शिलशिलामा सल्यानमा रहेका उनका श्रीमान भिम बहादुर रास्ताकाेटिले लक्ष्मिलाई दिदी घर नजाउ । उनिहरु सबै जना सल्यानकाे मेलामा छन भनेर नअाउन भनेका थिए । जवाफमा लक्ष्मिले भनिन “म घरबाट हिडि सकेकी छु भरे साझ  मात्र घर पुग्छ । ” लगतै उनकाे फाेन स्विच अफ भएपछि उनका श्रीमान भिम बहादुर घर पुग्दा लक्ष्मि घरमा थिईनिन् । उनी हराएकाे पक्का पक्की भएपछि परिवारले खाेजे खबर गरे । तर उनकाे पत्ताे लागेन । करिब एक महिना पछि लक्ष्मिले भारतकाे केरेलाबाट फाेन गरिन । उनी दलालकाे फन्दामा परेकाे र विभिन्न प्रलाेभनमा पारेर अहिले केरेलामा राखेकाे छ ।  म यहि छु । मेराे चिन्ता नलिनु हाेला । दलालले पुर्ब तिरका साथिहरु संग काेठामा राखेकाे राखेकाे बताउदै । बिदेश जाने प्रलाेभनमा अाफु फसेकाे फाेनमा श्रीमान भिम बहादुरलाई...

जनसेनाका पूर्व लडाकु गिटी कुटेर दैनिकी चलाउँदै

Image
जनसेनाका पूर्व लडाकु गिटी कुटेर दैनिकी चलाउँदै ‘पढ्ने उमेरमा युद्धमा लागियो, के–के नै हुन्छ भन्ने सोचेकी थिएँ, आखिर यस्तो भोग्नु रहेछ,’ भगवतीले भनिन् ‘युद्ध लडेर सुरक्षा घेरामा बचाएका नेता देशको मन्त्री र प्रधानमन्त्री भए । तर, उनीहरूलाई बचाउने हामी अयोग्यको ‘ट्याग’ बोकेर घर फर्कियौँ ।’ कुनै वेला देश परिवर्तनका लागि सशस्त्र युद्धमा होमिएका माओवादी लडाकु अहिले गिटी कुटेर छाक टार्दै छन् भन्दा पत्याउनै गाह्रो होला । तर, बैतडीकी भगवती सार्की सुशीलाको दैनिकी यसैगरी चलिरहेको छ । सेना समायोजनाका क्रममा अयोग्य ठहरिएपछि भगवतीले बिहान बेलुकाको छाक टार्न पनि गिटी कुट्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘कमाइ गर्न खेतबारी छैन, अरू काम खोज्दा पाइएन,’ । बैतडीको सित्तड गाविस माइती भएकी सुशीला विवाहपछि बैतडीकै दशरथ चन्द नगरपालिका–१ बाडीलेकमा बस्दै आएकी छिन् । खानलगाउन समस्या भएपछि भगवतीकाका श्रीमान् रोजगारीका लागि भारत पसेका छन् । तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिगेड ७औँ डिभिजनमा कार्यरत भगवतीले घर फर्कने वेला एक पैसा पनि नपाएको दुखेसो गरिन् । उनले माओवादी नेताका मीठा भाषण...