बदनाम भएका कांग्रेसका यी मन्त्रीहरुलाई नजिकबाट चिन्ने कि


बदनाम भएका कांग्रेसका यी मन्त्रीहरुलाई नजिकबाट चिन्ने कि !

काठमाडौं, २ माघ । नेताले ठान्नु पर्ने हामी नोक्कर हौं, जनता मालिक हुन तर नेपालको मामिलामा यो ठिक विपरित हुदैं गइरहेको छ ।
नेपालमा नेता र नेतृत्वले जनतालाई नोक्कर ठान्दै मनपरी गर्न थालेपछि आशलाग्दा नेताहरु पनि पछिल्लो समय बदनामित बन्दै गएका छन् । ती मध्ये हामीले नेपाली कांग्रेसका चर्चित मन्त्रीहरुको बायोग्राफी तयार पारेका छौं ।
गगन थापा
उनीबाट जनताले धेरै आश गरेका थिए ।  एकफेर बाबुराम भट्राई,गगन थापा,गोकर्ण विष्ट जस्ता मन्त्रीहरु देशले पाए छोटो समयमै फड्को मार्न सकिन्छ भन्ने मान्यता थियो तर सत्तामा पुगेपछि जनतालाई नोक्कर ठान्ने एक व्यक्ती गगन थापा पनि बने । अहिले उनी स्वाथ्य मन्त्री छन् ।
कतिबेलै मन्त्रालयमा बस्दैनन् । उनी पछिल्लो समय प्रचारमुखी कार्यक्रममा व्यस्त छन् । आफूले ल्याएका कार्यक्रमहरु व्यवहारमा उतार्न अहिले उनी असफल बनेका छन् । उनलाई काग्रेस नेता कृष्ण सिटौंलाको चम्चाका रुपमा लिइने गरिएको छ । जसकारण उनी सिटौंलाले दिएको चिट अनुसार काम गर्ने गरेको स्रोतको दावी छ ।
अजुर्ननरसिंह केसी
नेपाली काग्रेसको राजनीतिमा सक्रिय अजुर्ननरसिंह केसीको नाता सम्बन्ध गगन थापासँग पनि छ । उनीबाट नेपाली जनताले धेरै आश गरेका थिए तर उनी पछिल्लो समय बदनामित हुदैं गएका छन् ।
संसद भित्रै खैनी खाएर थुक्ने, आफ्ना आसेपासेको काम बाहेक अरु केही नगर्दा उनको छवी गिर्दै गएको पाउन सकिन्छ ।
डा. रामशरण महत
भूकम्पको बेला राहतका लागि आएको जस्तापाता बेचेका कारण कलंकको टीका लगाउने अर्का कांग्रेस नेता हुन, डा. रामशरण महत । तत्कालीन अर्थमन्त्री महतकै योजना र संरक्षणमा उनका स्वकीय सचिव रमेश महतले राहतको जस्तापाता बेचेका थिए ।
एकातिर मन्त्री महतले भूकम्प पीडित परिवारलाई राहतस्वरुप पैसा दिने विषयमा आपत्ति जनाउनु र अर्का्तिर उनकै पिएले जस्तापाता बेच्नुले मन्त्री महतको चरित्रलाई उदांगो बनाएको थियो ।
डा. नारायण खड्का
०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण झण्डै नौ हजार नेपालीले ज्यान गुमाए । हजारौंको संख्यामा घाइते भए भने लाखौं मानिसहरु घरबारविहीन भए । घरबारविहीन भएकाहरु अझै राहत नपाएर त्रिपालमै बस्न बाध्य भए ।
भूकम्पले पुरा देश शोकमा डुबिरहेका बेला घाइतेहरुको उपचार र पीडितहरुको लागि राहत र पुनस्र्थापना गर्ने जिम्मा लिएको तत्कालीन सरकारको सहरी विकास मन्त्री मन्त्री नारायण खड्काले कलंकको टीका लगाउने काम गरे ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले पीडितको लागि खरिद गरिएको त्रिपालमा झण्डै २५ करोड रुपैयाँ झ्वाम पारेको बताइन्छ । सहरी विकास मन्त्रालयले खरिद गरेको पाँच लाख थान त्रिपालमा मन्त्री खड्काले मन्त्रालयका कर्मचारीको मिलेमतोमा २५ करोड झ्वाम पारेका थिए ।
भण्डारण गरिएका त्रिपाल कम संख्यामा भेटिनु र बिना चेकजाँच पठाउने काम भएपछि व्यापक अनियमितता भएको पत्ता लागेको थियो र त्यसमा मन्त्रालयको संलग्नता खुलेको थियो । 
बलबहादुर केसी
०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिको चर्चामा पुगेका नेता केसीमाथि लागेको पर्खाल काण्डको कालो दाग अझै हटेको छैन । २०५५ सालतिर खेलकुद मन्त्री भएका बेला उनी पार्टीकै एउटी महिला कार्यकर्ताको कोठामा राति पर्खाल नाघेर गएको समाचार त्यो बेला एक राष्ट्रिय दैनिकले छापेपछि उक्त समाचारले सनसनी मच्चायो ।
स्थायी घर अर्घाखाँची र माइती धनकुटा भएकी काठमाडौं ज्ञानेश्वरमा बस्ने थापा थरकी अधबैंशे महिलाको कोठामा तत्कालीन मन्त्री केसी पर्खाल चढेर पुगेका थिए । उनको त्यो घटनाले छवि नराम्ररी गिरेको थियो ।
शंकर भण्डारी
वनमन्त्री बनेर कमाउधन्दामा लाग्ने एक व्यक्ती शंकर भण्डारी हुन । पछिल्लो समय वनमन्त्री भण्डारीले संचिव कृष्णचन्द पौडेललाई काजमा झापा पठाएर रोजिन एन्ड टर्पेटाइनको काम सुम्पिन सफल भएका छन् ।
टर्पेटाइनले अलकत्र बनाउने काम गर्ने र त्यसका निम्ति धुपी,सल्लाहरु चाहिने भएकाले सेटिङ मिलाउन वनमन्त्री तल्लिन छन् । यसबाट भण्डारी निकैनै बदनामित बनेका छन् ।
रामहरि खतिवडा
प्राय विवादमा परिरहने नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडा अर्को आरोप खेपिरहेका छन् ।
केही दिन अघि घडी काण्ड छताछुल्ल भएपछि नेपाली कांग्रेसका नेता तथा सांसद खतिवडा एकाएक फेरि चर्चामा आए ।
पहिला, हस्ताक्षर चोरेको आरोप खेपेका उनलाई अहिले घडी चोरेको बात लाग्यो ! यसबाट उनको इज्जत भुईँको घुलोमा रुमलिएको चर्चा कांग्रेसजनहरुनै गर्छन् ।  

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स