साउदीबाट कमाएर आए तर काठमाडौंमा ज्यान गुमाए

काठमाडौं– साउदी अरवबाट कमाएर फर्केका तेह्रथुम योन्जोङ–३ का ४२ बर्षिय भक्तपुर कठायतको मृत्यु भएको छ ।

गत पुस २१ गते साउदीबाट नेपाल आएर काठमाडौ महानगरपालिका–२९ मित्रनगर स्थित लिला ढकालले संचालन गरेको नागार्जुन गेष्ट हाउसको कोठा नम्बर ३०२ मा बसेका कठायतको झ्यालबाट खसेर मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरी शौचालय जाने क्रममा गेष्ट हाउसको झ्यालबाट दोस्रो तलामा खसेर गम्भीर घाइते भएका कठायतको उपचारको लागि ग्रिन सिटी अस्पताल धापासी लगिएकोमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स