विप्लव माओवादीको निश्कर्ष : नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी


विप्लव माओवादीको निश्कर्ष : नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी

काठमाडौं, ३ माघ । शान्ति प्रक्रियापछि नेपालको सत्ता र विद्रोह दुवैमा भारत हावी हुदै गएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले निष्कर्ष निकालेको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– पार्टी पंक्तिभित्र आन्तरिक रूपमा अध्ययनका लागि वितरित विप्लवको गोप्य दस्ताबेजमा भारत अहिले सत्ता र विद्रोह दुवैमा अनौठो चालका रूपमा देखा परेको उल्लेख छ ।
सरकार गिराउने/बनाउने कामको नेतृत्वदायी भूमिकादेखि सरकारलाई अप्ठ्यारो पार्ने संघर्षसमेतमा भारतकै मुख्य हात देखिएको विप्लवले आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन् ।
विप्लवको गोप्य दस्ताबेजमा भनिएको छ, ‘विगतमा प्रचण्डको सरकार ढाल्नेदेखि हालै केपी ओलीको सरकार गिराउनेमा भारतको नै मुख्य हात रहेको छ । स्थिति कस्तो छ भने संघर्षमा उत्रिरहेका कैयौँ क्षेत्रीय पार्टीहरूलाई समेत भारतले नै बोकेर हिँडिरहेको छ । सत्तामा पनि आफैं, विद्रोहमा पनि आफैँको अनौठो चाल भारतले चालिरहेको छ ।’
एकीकृत जनक्रान्तिको कार्यदिशा 
८ मंसिर २०७१ मा मोहन वैद्य (किरण)को पार्टीसँग सम्बन्ध विच्छेद गरी आफ्नै नेतृत्वमा पार्टी गठन गरेका विप्लवले एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा क्रान्ति अगाडि बढाउनुपर्ने कार्यदिशा अगाडि सार्दै आएका छन् ।
नेपालको क्रान्ति सफल हुन नसक्नुमा नेतृत्वको विचलन र वस्तुगत परिस्थितिमा आएको परिवर्तन र विकास मूल कारण रहेको बताउँदै विप्लव माओवादीले विगतको निरन्तरता, क्रान्तिबाट भागेर भौँतारिएकाहरूबाट अबको क्रान्ति सम्भव नहुने उल्लेख गरेका छन् ।
उनले नेपालमा नयाँ ढंगको क्रान्तिका लागि केही मौलिकता, केही नयाँको विकास र केही क्रान्तिकारी साहसबाट मात्र सम्भव हुने र त्यसैको प्रयोग आफ्नो पार्टीले गरिरहेकोमा जोड दिएका छन् । उनले नगर–समाजको विकास, नयाँ श्रमिक वर्गको विकास, विज्ञान र प्रविधिको विकास, मिश्रित बसोबास, देशभक्त शक्तिको उपस्थिति, भूूपरिवेष्टित देश र दलाल पुँजीवादी चरित्रलाई संश्लेषण गरेर कार्यदिशा अगाडि बढ्ने उल्लेख गरेका छन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स