किन हुन्छ हिस्टेरिया


किन हुन्छ हिस्टेरिया


समस्या 
  • बाल्यावस्थादेखि नै धार्मिक अवस्था र विश्वासप्रति अभिभावकहरूले अनावश्यक डरत्रास देखाउँदा बाल मनोविज्ञानमा नकारात्मक असर पर्छ । भूतप्रेत, देवीदेवता, बोक्सी आदिका बारेमा डरत्रासपूर्ण काल्पनिक कथा सुनाउँदा यस्तो असर हुन सक्छ ।
  • प्रायः अचेतन यौन, आक्रामक इच्छा र परनिर्भर हुनु परेको कुण्ठा व्यक्त गर्न नसकी आन्तरीकरण हुन सक्छ ।  यस्तो बिरामीबाट त्यस्ता कुण्ठित र बर्जित इच्छाहरू व्यक्त हँुदा पनि समस्या देखिन्छ ।
  • सामाजिक वातावरणले गर्दा कतिपय कुराहरू व्यक्त गर्न सकिँदैन । यस्ता प्रतिक्रिया देखाउँदा सहानुभूति पाइने भएकाले व्यवहार बारम्बार देखिने गरेको पाइन्छ ।
  • मानसिक तनाव समस्याग्रस्त विद्यार्थीहरू विशेषगरी पढाइमा कमजोर पाइएको छ । उनीहरू कमजोर भएको कारण शिक्षकहरूबाट सजाय पाउने गरेको देखिन्छ । पढाइसम्बन्धी मानसिक तनावको सामना गर्न नसकेर बेहोस भएको पाइन्छ । पढाइबाहेक घरायसी कारणले पनि मानसिक तनाव हुन सक्छ ।
  • विशेषगरी यस्तो बेहोस हुने समस्या एक्लै हुँदा कहिल्यै हुँदैन । विशेष स्थानमा कसैको ध्यान आफूतिर आकर्षित गर्नु छ भने त्यस्तो स्थानमा यस्तो समस्या देखिन्छ । यसरी बेहोस हुने समस्या घरमा नभई विद्यालयमा मात्र भएको पाइएको छ । जसले गर्दा उनीहरूको समस्या र मानसिक तनाव विद्यालयसँग सम्बन्धित देखिन्छ । बेहोस भएर लड्दा घाउचोट नलाग्ने गरी सुरक्षितसाथ लड्ने गरेको पनि देखिन्छ ।
उपचार
हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हुन सक्छ । यस्तो व्यक्ति आफँैले तनाव पहिचान गर्न त्यति सजिलो हुँदैन । त्यसैले अन्य कुनै व्यक्तिको सहायताले ठीक हुन सक्छ । हिस्टेरियाको अन्य मानसिक रोगसँग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ । केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरियाको सम्भावना बढाइदिन्छन् ।
रूपान्तरित विकृतिलाई ठीक पार्ने अहिलेसम्म कुनै औषधि बनेको छैन । तर, औषधिहरूको प्रयोगले रूपान्तरण विकृतिका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्न सकिन्छ । तनावको निदान नभए रूपान्तरण विकृतिका लक्षणहरू फेरि बल्झिने हुन्छ । निदानका लागि तनावको पहिचान आवश्यक छ । पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरू मनोविज्ञ, मनोविमर्शकर्ताद्वारा पहिचान तथा निदान सम्भव छ । यसमा संवेगात्मक सहयोग आवश्यक पर्छ ।
उनीहरूलाई अनावश्यक महत्व नदिने, उनीहरूले राखेका हरेक माग पूरा गर्दै गएमा यस्तो क्रियाकलाप बढ्दै जान्छ । उनीहरूलाई अरू सामान्य विद्यार्थीजस्तै व्यवहार गरी समान गृहकार्य दिने तथा विशेष ध्यान दिनु पर्दैन । यो समस्याप्रति विशेष ध्यान नदिएपछि बिस्तारै आफैँ ठीक हुन्छ । बालबालिकाहरूलाई कहिल्यै पनि देवीदेवता भूतप्रेत, बोक्सी वा अन्य काल्पनिक अलौकिक डरत्रास भर्ने कथाहरू नसुनाउने । धार्मिक वा सांस्कृतिक अन्धविश्वासलाई तनावपूर्ण ढंगले नलिने ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स