म बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल

म बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल  जीवनमरण को दोसाँधमा रहेकी सुनसरी जिल्ला, सान्तिनगर चक्रघटीका कल्पना बाहिङ राईको १८ बर्षको कलिलो उमेरमै ४ बर्ष यतादेखी बोनम्यारोको समस्या देखिएकोले बिरेन्द्र सैनिक अस्पाताल, छाउनिमा उपचाररत रहेको छ ।


त्यहाँका डाक्टरका सल्लाह अनुसार उनलाई तत्काल दुई महिना भित्रमा बोनम्यारो ट्रान्सफर गर्नु पर्ने भएको छ । उपचारको लागि उनको परिवारले घर र जग्गा बेची सक्दा पनि उनको उपचार हुन सकेन, अब उनको उपचारको लागि पारिवारिक आर्थिक अवस्थाबाट नसक्ने भएकोले उनलाई बोनम्यारो ट्रान्समर गर्नका डाक्टरका सल्लाह अनुसार १५ लाख लाग्ने भनिएको छ ।

त्यसैले उनलाई बचाउनका लागि यही मिती २०७३ साल माघ २३ गते आदिवसी किरात महासँघको कार्यालयमा निजको परिवारका सद्स्य दिदी सुनिता बाहिङ कुलुङ राइ, आदिवासी किरात महासंघको केन्द्रिय अध्यक्ष प्रिथिबीराज मुकारुङ, किरात बाहिङ मुलुखिमका केन्द्रिय महासचिब धिरेन बाहिङ लगायतको उपस्थितिमा कल्पना बाहिङ राइ बचाउ अभियान समिती मेखराज धिरेन बाहिङको संयोजकत्वमा ९ सदस्य बचाउ समिती निर्माण गरी सानिमा बैंकमा परिवारको तर्फ बाट बिमारिको दिदी सुनिता, समितीको तर्फबाट संयोजक मेखराज र अनिता गरी ३ जनाको नाममा खाता खोली अभियान सम्पूर्ण देस बिदेसमा रहनु भेएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा एक कलिलो उमेरकी हाम्रो नेपाली चेलीलाई अकालमा मर्नबाट बचौ भन्दै तपाईं सम्पूर्ण नेपाली मन भएका सहयोगी हातहरुलाई सानो भए पनि सहयोगको अपेक्षा गरेको छ ।

बिरामीको भिडियो अपिल :

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स