राती ढिला सुत्नेहरूमा मधुमेह हुने खतरा धेरै

राती ढिला सुत्नेहरूमा मधुमेह हुने खतरा धेरै

विहान छिटो उठ्ने मानिसहरूको तुलनामा राती निकै समय सम्म जागा बसेर अनिमात्र सुत्ने मानिसहरूमा मधुमेहको समस्या हुने खतरा धेरै हुने गर्दछ चाहै दुबैले बराबर मात्रामा निद्रा लिएको किन नहोस । यो कुरा एक नयाँ अध्ययनबाट यस कुराको खुलासा भएको हो ।
उक्त अध्ययन रिपोर्टका लेखकहरू मध्येका एक नान ही किमले बताए अनुसार, जो मानिसहरू राती निकै ढिला सुत्दछन उनीहरूमा विहान छिटै उठने मानिसहरूको तुलनामा मधुमेह वा मांसेपशी सम्बन्धी समस्याहरू हुने धेरै खतरा रहन्छ । ‘यो राती जागा बस्ने मानिसहरूको प्रवृती कारण भने निद्राको खराब गुणस्तर र धूम्रपान, अबेर राती खाना खाने र सुस्त जीवनशैलीका कारण हुने गर्दछ ।
यस अध्ययनमा १ हजार ६ सय २० जना मानिसहरू सहभागी भएका थिए । यस अध्ययनमा उनीहरूको सुत्ने बानीको प्रक्रियाको बारेमा अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताहरूले अबेर ढिला नसुत्नका लागी मानिसहरूलाइ सल्लाह दिएका छन । उक्त रिपोर्टको परिणाम एन्डोक्राइन सोसाइटी को ‘क्लिनिकल एन्डोक्रिनोलोजी एण्ड मेटाबोलिज्म’ पत्रिकामा प्रकाशित गरिएको छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स