Posts

Showing posts from July, 2017

Nepali dessert - Rasbari

Image
Nepali dessert - Rasbari

ओखरको अचार बनाउने तरिका र फाइदाहरु

Image
ओखरको अचार बनाउने तरिका र फाइदाहरु तौल घटाउने धेरै घरेलु उपायहरु छन । यस्तै एउटा घरेलु उपाय हो ओखरको अचार । ओखर त हामी सबैले मन पराउँने खाने कुरा हो । अझ यसलाई दिमाग बढाउने बस्तुको रुपमा पनि लिने गरिन्छ । पछिल्लो समय मानिसको दैनिकी, खानपानमा आएको परिवर्तनले मोटोपना धेरैको समस्या बन्दै गएको छ । खास गरि शहरमा बस्ने, जंक फूड खाने र शारिरीक अभ्यास कम गर्नेरुका लागि शरिरको तौत घटाउनु ठूलो चुनौति नै बनेको छ ।  यो अचार स्वादका लागि मात्रै नभएर तौल र अनावश्यक बोसो घटाउनसमेत उत्तिकै लाभदायक मानिएको छ । बनाउने आवश्यक सामाग्री दुईदेखि तीन चम्चा जति ओखरको पेस्ट वा दुईदाना ओखर   नुनको मात्रा स्वाद अनुसार तीन चम्चा दही* एक चिम्टी कालो (बिरे) नुन एक चम्चा भुटेको जीरा खुर्सानीको मात्रा स्वाद अनुसार (दुई वटा जति हरियो खुर्सानी) दुई कोसा पोलेको लसुन    बनाउने तरिका  ओखरको अचार बनाउनका माथि उल्लेखित सामाग्री सिलौटो वा मिक्चरमा पिस्नुहोस ।  त्यसका  लागि आवश्यकता अनुसार कागतिकाे  र स वा चुक राख्न सक्नु हुन्छ ।   हप्तामा दुई दिन यसरी खान...

आमाले भन्छिन-बाबु! रोपाई छ,पैसा पठाई दे ! >बुबा भन्छन- छोरा पोहोर साल ल्याएको घडी बिग्रियो,एउटा पिलपिले घडी ल्याई दे! >श्रीमति-अहिले गर-गहना सस्तो छ,छिटै एक तोला सिक्री चांहिन्छ| >भाईले भन्छ-दाई सबैले Apple i-phone लिएर हिंडछन,मलाई पनि एउटा चाहिएको छ| >बहिनि भन्छिन-मेरो लुगाहरु पुराना भए,यता-उता जाँदा साथीहरु खिल्ली गर्छन,दाई घरमा पैसा पठाउँदा मलाई पनि एउटा राम्रो ड्रेस पठाइदिनु ल..| सात समुन्द्र पारी छोराको हालत भने यस्तो छ........ घाम छ छायाँ छैन, भोक छ भोजन छैन, तिर्खा छ पानी छैन, निन्द्रा छ सिर्हानी छैन| परदेशी मित्रहरुले व्यापक शेयर गनुहोला|

Image
आमाले भन्छिन-बाबु! रोपाई छ,पैसा पठाई दे ! >बुबा भन्छन- छोरा पोहोर साल ल्याएको घडी बिग्रियो,एउटा पिलपिले घडी ल्याई दे! >श्रीमति-अहिले गर-गहना सस्तो छ,छिटै एक तोला सिक्री चांहिन्छ| >भाईले भन्छ-दाई सबैले Apple i-phone लिएर हिंडछन,मलाई पनि एउटा चाहिएको छ| >बहिनि भन्छिन-मेरो लुगाहरु पुराना भए,यता-उता जाँदा साथीहरु खिल्ली गर्छन,दाई घरमा पैसा पठाउँदा मलाई पनि एउटा राम्रो ड्रेस पठाइदिनु ल..| सात समुन्द्र पारी छोराको हालत भने यस्तो छ........ घाम छ छायाँ छैन, भोक छ भोजन छैन, तिर्खा छ पानी छैन, निन्द्रा छ सिर्हानी छैन| परदेशी मित्रहरुले व्यापक शेयर गनुहोला|

भगवान शिवको भूमिकामा ऋतिक रोशन

Image
भगवान शिवको भूमिकामा ऋतिक रोशन फिल्ममेकर सञ्जय लीला भंसालीले लेखक अमीश त्रिपाठीको चर्चित पुस्तक ‘द इम्मोर्टल्स अफ मेलुहा’को राइट्स खरिद गरेका छन् । भगवान शिवमाथि लेखिएको यो पुस्तक निकै चर्चामा रहेको थियो । सञ्जय लीला भंसालीले आफ्नो नयाँ फिल्ममा भगवान शिवको भूमिका ऋतिक रोशनलाई दिएका छन् । ऋतिक अहिले आफ्नो परिवारसँग अमेरिकामा छुट्टी मनाइरहेका छन् । तर, सुत्रका अनुसार उनी यो भूमिकालाई लिएर निकै एक्साइटेड छन् ।

दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा…

Image
दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा… दुखी अनि दरीद्रको झुपडीमा जानुहोस्, त्यहाँ चुहिने छाना, आधा रोटी गाँस अनि सय ठाउँमा टालेको कपडाबाहेक अरू केहि देख्न पाउनुहुनेछैन। तर धनी धनाढ्य, सुखीको आलिशान महलमा जानुहोस्, त्यहाँ चम्किने भुइँ, बासना आउने टोइलेट अनि छुँदा नि फोहोर लाग्ने चिल्लो गाडि देख्नुहुनेछ। कहिलेकाहिँ त ती दरीद्रले सोँच्दोहोला कि- “हे भगवान! यो दुःखीको घैँटोमा कहिले लाग्ला घाम? पेट भरिने गरी कहिले खान पाइएला माम?” यसैसन्दर्भमा आज हामी तपाईँहरूलाई भगवान शिव र पार्वतीको एउटा रोचक कथा सुनाउन गैरहेका छौँ:- माता पार्वतीको शङ्कादोष एक चोटि माता पार्वतीले भगवान शिवलाई भनिन्- “हे प्रभो! मैले पृथ्वीका ती दुःखी अनि गरीब मनुष्यलाई हेर्छु। फेरि ती धनी र सुखी मनुष्यलाई पनि हेरिरहेकै हुन्छु। अनि हजुरको लीला पनि अपरम्पार छ, जो मनुष्य जन्मैदेखि दुःखी छ, हजुर उसैलाई बढि दुःख दिनुहुन्छ र जसको आँगनमा सुन बिच्छ्याइएको हुन्छ, हजुर उसैको छानामा हीरा वर्षाउनुहुन्छ। यस्तो भेदभाव किन प्रभो?” माता पार्...

साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार ।

Image
साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार । एन आर एन ए एनसिसि साउदीको माताहातमा रहेको अल कासिम क्षेत्रीय समन्वय समिती अल कासिमले ८ बर्षदेखि नेपाल जान नपाई घर भित्र बन्दी जीवन बिताएकि, खद्दामा (House Maid) को रुपमा काम गर्दै रहेकि, दोभान -२, पाल्पा घर भएकि कमला दर्लामी मगर नाम गरेकी नेपाली चेलिलाइ उद्दार गरि नेपाल पठाउन सफल भएको छ । घरको गरिबी अवस्था तथा सपनाको महललाई मनमा सझाउदै मुम्बई को बाटो हुँदै ८ बर्ष अघि साउदी अरब आइपुगेकी कमला आफ्नै आफन्तको लह- लहै बाट फसेकि थिइन । ८ बर्ष सम्म आफ्नो जन्मभुमि जान नपाएकी उक्त चेलिको उद्दारको लागि ११ मे महिनामा तबुकमा रहनु भएका एन सि सि सल्लाहकार भक्त हमालद्वारा खबर गरिए लगत्तै एन सि सि सचिब तथा नेपाली दूतावास साउदीका स्वयंसेवक समेत रहेका बिशाल श्रेष्ठ र एन आर एन ए आर सि सि अल कासिमका पदाधिकारीहरु द्वारा उनको उद्दार कार्य अगाडी बढाइएको थियो । मोबाइल् समेत चलाउन नपाएका कारण आफ्ना आफन्त कोहि कसैसित पनि सम्पर्क नरहेको उक्त चेलि बताउछिन । सोही घरमा काम गर्ने अर्कि इनडियन महिलासितको सम्पर्कमा बारम्बारको प्रयास पछि बुरैद...

साउदी सरकारले गर्यो यस्तो बोल्ड निर्णय लाखौ कामदार लाभान्वित यो समाचार अरुको लागि सक्दो सेयर गर्नुहोस

Image
साउदी सरकारले गर्यो यस्तो बोल्ड निर्णय लाखौ कामदार लाभान्वित यो समाचार अरुको लागि सक्दो सेयर गर्नुहोस साउदीले अाममाफीकाे समय तीस दिन थप्यो साउदी ।  साउदी सरकारले अवैधानिक विदेशी कामदारका लागि घोषणा गरिएको ९० दिने आममाफी जुन २५ मा समाप्त भएको छ l आममाफीको समयावधि सके लगत्तै पुनः ३०दिने आममाफी  जुलाई २४ सम्मका लागि अवैधानिक रुपमा काम गर्दै अाएका विदेशी कामदारहरुलाई विना दण्ड आफ्नो मुलुक फिर्ता हुन अाग्रह गरेका छन् । कानुनी प्रक्रिया पुर्‍याई आफ्नो बसाई बैधानिक बनाउने साउदी कानुन बमोजिम प्रक्रिया पुरा गरि उक्त ३० दिने थप आममाफीको सदुपयोग गर्न साउदी सरकारले अनुराेध गरेका छन् । उक्त ३० दिने क्षमादानको समयमा साउदी सरकारले दिएको ९० दिने आममाफीको अवधिमा  छुटेका नेपालीहरुलाई यो घोषणाले ठुलो राहत मिल्ने र अवैधानिक रूपमा बसेकाहरूकाे समस्या समेत समाधान हुने आशा गर्न सकिने पनि नेपाली राजदुतावास रियादका प्रतिनिधिहरुले बताएका छन् ।