म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या


म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या

काठमाडौं, सिराहामा एक म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर अपरिचित समूहले हत्या गरेको छ ।
सिराहाको फुलवारिया ६ मा प्रतिज्ञा म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक प्रदिप राय कुर्मीको हत्या भएको हो ।
घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।आफ्नै निवासमा मंगलबार राती ११ बजे सुतिरहेको बेला अपरिचित समुहले आगो लगाएर हत्या गरेको सिराह प्रहरीले जनाएको छ ।
यसैबिच वैदेशिक रोजगार व्यवसायी संघले राजनीतिक प्रतिसोधको कारण हत्या भएको भन्दै घटनाको निन्दा गरेको छ ।
संघका महासचिव रोहन गुरुङले विज्ञप्ती जारी गदै दोसी पत्ता लगाई कारबाही गर्न माग गरेका छन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स