भारतीय पक्षको दादागिरी विरुद्ध नेपालीको प्रतिकार – भिडियो
भारतीय पक्षको दादागिरी विरुद्ध नेपालीको प्रतिकार – भिडियो
२६ फागुन, कञ्चनपुर।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागि कञ्चनपुरमा एक जना नेपाली घाइते भएका छन् ।
यो पढ्नुस्: एसएसबीले चलाएको गोली लागि एक नेपालीको मृत्यु
एसएसवीका जवानले नेपालीलाई कुटपिट गरेको विरोधमा आनन्द बजारका स्थानीय प्रतिरोधमा उत्रिदा भारतीय पक्षले चलाएको गोली लागि स्थानीय गोविन्द गौतम घाइते भएका हुन् ।
एसएसबीको लाठी प्रहारबाट अन्य केही नेपाली पनि घाइते भएको बताइएको छ ।
आनन्दबजारस्थित आफ्नो भूमिमा नेपाली पक्षले ‘कल्भर्ट’ निर्माण गर्न लाग्दा ‘गुगल म्याप’ले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको थियो ।
विवादले उग्ररुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर कुटपिट गरेको थियो ।
यो पढ्नुस् : प्रचण्डलाई एमाले–मोर्चाको धम्की र घुर्की
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा आज बिहान ९ बजे नेपाली सीमा नै बन्द गराएर विरोधमा उत्रिएका हुन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
लगत्तै नेपालपट्टि आएर एसएसवीका जवानले प्रदर्शन गरिरहेका नेपालीलाई कुटपिट गरेपछि आनन्द बजारका स्थानीयले दशगजामा ढुंगामुढा सुरु गरेका हुन् ।
दुवैपक्षका सुरक्षा अघिकारी समन्वयको प्रयासमा रहेको बताइएको छ । स्थिति अप्रिय हुन नदिन स्थानीय प्रशासनले आनन्दबजार क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ । दसगजातर्फ अगाडि बढेका नेपालीलाई सुरक्षाकर्मीले पछाडि हटाउने प्रयास गरिरहेको छ ।
हेर्नुस् भिडियो,
Comments
Post a Comment