साउदीमा आममाफीको घोषणा, देश छोड्न चाहनेले ९० दिनभित्र निवेदन दिनुपर्न
साउदीमा आममाफीको घोषणा, देश छोड्न चाहनेले ९० दिनभित्र निवेदन दिनुपर्न
साउदी अरवमा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई विना कानूनी झण्झट स्वदेश फर्किनका लागि आममाफीको घोषणा गरिएको छ । साउदी अरवका राजकुमार मोहम्मद विन नईफले यस्तो घोषणा गरेका हुन ।
अरव न्यूजका अनुसार राजकुमार नईफले एक अभियानको उद्घाटन गर्दै साउदी अरवमा गैरकानूनी रुपमा बसिरहेकाहरुका लागि आममाफीको कार्यक्रमको जानकारी गराएका हुन् । उनले दिइएको सुविधाको सदुपयोग गर्न समेत आग्रह गरेको समाचारमा जनाइएको छ । आममाफी आगामी मार्च २९( १६, चैत्र) देखि लागु हुने र यसको समयावधि ९० दिनको हुने जनाइएको छ ।
घोषणामा राजकुमार नईफले सो समयभित्र साउदी छोड्न चाहनेहरुलाई आवश्यक सहयोग गर्न सरकारी अधिकारीलाई निर्देशन समेत दिएको जनाइएको छ ।

Comments
Post a Comment