कपाल फुल्यो ? लगाउनुहोस आलुको बोक्रा
कपाल फुल्यो ? लगाउनुहोस आलुको बोक्रा
तपाई कपाल फुल्यो भनेर चिन्तामा हुनुुहुन्छ भने अब तपाई विभिन्न क्लिनिक धाउन तथा अनेक केमिकलयुक्त कलरहरु खोज्न नजानु नै राम्रो हुन्छ । अब आफ्नै भान्साबाट तपाईले आफ्नो सेतो कपालको निदान पाउन सक्नुहुन्छ । बढ्दो प्रदुषण, आहारमा पोषक तत्वको कमी , तनाव आदिका कारणले स्वस्थ्य मात्र नभई तपाईको कपालमा पनि उत्तिकै असर पार्दछ । हो , यी विविध कारणले गर्दा उमेरभन्दा अगाडि नै तपाईको कपाल सेतो देखिन सक्छ । यसबाट बच्ने हो भने आफ्नो भोजनमा हरियो सागसब्जी , फलफुल तथा प्रोटियुक्त आहार समावेश गर्न भुल्नु हुँदैन ।
तपाईले छिलेर फाल्ने आलुको बोक्रा शरिरका लागि मात्र नभई कपालका लागि पनि उत्तिकै महत्वपुर्ण छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । आलुको बोक्रामा पाइने स्टार्चले कपालको सुरक्षा साथसाथै जरालाई पनि बलियो बनाई कपाललाई सेतो बन्न दिँदैन । आलुको बोक्रमा भिटामिन ए, बी तथा सी हुने गर्दछ । जसले कपालमा जम्ने तेललाई हटाएर सफा बनाउने , चयाँ हटाउने आदि कार्य गर्दछ । यतिमात्र नभइ आलुको बोक्रा फलाम( आइरन) , जिंक, पोटासियम तथा क्याल्सियम जस्ता अनेकौँ मिनरल्सहरु पाउन सकिन्छ । जसले कपाल झर्नबाट बचाउने गर्दछ । आलुमा पाइने स्टार्चले एक प्रकृतिक कलर (रंग) को रुपमा कार्य गर्दछ र कपाल सेतो बनाउन रोक्नुका साथै कपालमा चमक पनि प्रदान गर्दछ ।
आबस्यक सामाग्री : आलुको छिल्का –२-३ वटा आलु
लेवेन्डरको तोल अवस्यकता अनुसार ।
आबस्यक सामाग्री : आलुको छिल्का –२-३ वटा आलु
लेवेन्डरको तोल अवस्यकता अनुसार ।
बनाउने तरिका
– २-३ वटा आलु लिएर छिल्का निकाल्ने
– यस छिल्कालाई एक कप चिसोपानीमा हाल्ने ।
– बोक्रालाई एउटा भाडामा उमाल्ने
– उम्लिएपछि यसलाई ५ देखि १० मिनेटसम्म सानो आगोमा पकाउने
– यो मिश्रण केही समयका लागि चिसो बनाउन एउटा भाँडोमा राख्ने ।
– यसको गन्धबाट छुटकारा पाउन केही थोपा लेभेन्डरको तेल हाल्न सकिन्छ ।

प्रयोग तरिका
यस मिश्रणलाई सफा तथा हल्का चिसो कपालमा लगाउँदा राम्रो काम गर्दछ ।यो मिश्रणलाई बिस्तारै विस्तारै लगाएर ५ मिनेटसम्म मसाज गर्न सकिन्छ र ३० मिनेट यत्तिकै छाड्न सकिन्ट । केही समयपछि चिसो पानीले धुनुपर्छ ।
यस मिश्रणलाई सफा तथा हल्का चिसो कपालमा लगाउँदा राम्रो काम गर्दछ ।यो मिश्रणलाई बिस्तारै विस्तारै लगाएर ५ मिनेटसम्म मसाज गर्न सकिन्छ र ३० मिनेट यत्तिकै छाड्न सकिन्ट । केही समयपछि चिसो पानीले धुनुपर्छ ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

Comments
Post a Comment