विन्ती छ छोरा, मलाई घर पठाइदेऊ'


विन्ती छ छोरा, मलाई घर पठाइदेऊ' 

अस्ट्रेलियामा पुगेकी अामाकाे अाग्रहमाया, प्रेम अनि सदभाव र स्वभाव भन्ने चीज साह्रै नै महत्वपूर्ण हुँदोरहेछ। मलाई त लाग्दथ्यो सुविधा सम्पन्न देशमा बस्ने सबैमा रहर हुन्छ। मानिसहरू सबै सुविधाका भोका हुन्छन्। सुविधा सम्पन्न देशमा बस्नको लागि मानिसहरु चाहे ती जवान हुन् चाहे ती उमेर ढल्केका हुन् मरिहत्ते गर्छन्।
मेरा यी सोचाइहरू सबै गलत रहेछन्। वास्तवमा मानिसहरू सुविधाभन्दा पनि खुशी र प्रेमलाई प्राथमिकता दिँदारहेछन्। पैसाले सुविधा प्राप्त हुँदो रहेछ तर खुशी किनेर होइन व्यवहार र माया प्रेमले प्राप्त हुँदो रहेछ।

अस्ट्रेलिया जो विश्वमै अति विकसित मुलुक मध्येको एक हो। यहाँ चलन जस्तै भयो मातापितालाई बोलाउने अनि घुमाउने ताकि मातापिताहरु खुशी रहुन्। नेपालजस्तो पिछडिएको मुलुक जुन सधैँ अस्तव्यस्त छ त्यस देशबाट अतिविकसित मुलुकका आउँदा पक्कै पनि मातापिताहरू खुशी हुन्छन् भन्ने वीस्वास गरीन्छ। तर मेरो आमाको २ हप्ताको बसाइले यी कुराहरु गलत साबित गरीदीएका छन।
बढो दंग अनि उत्साहका साथ आमालाई लिन एयरपोर्ट गएको थिए शुक्रबार। आमालाई साथ लिएर घर आए, आमा छोराको भलाकुसारी भयो। म भन्दै थिएँ आमा सुनिरहनुभएको थियो। 'दायाँबायाँ हेर्दै बाबु हाम्रो देश पनि कहिले यस्तो होला है भन्दै हुनुहुन्थ्यो।'
मैले ‘खोइ आमा हजुरले त यस्तो नेपाल हेर्ने भाग्य के पाउनु होला! भन्दै थीएँ। हामीहरू घरमा आयौ। आमा घरमा आउँदा बढो उत्साहित हुनुहुन्थ्यो ताकि नातिनातिनीहरुका कारण। जे हो हामीहरु घरमा आयौँ।
आमा घरमा आउँदा बढो उत्साहित हुनुहुन्थ्यो ताकि नातिनातिनीहरु हजुरआमा आउनुभयो भन्दै पच्छाउँदै आउछन् होला भनेर। तर आमाले सोंचेको जस्तो केही भएन। दोहोरो कुरा पनि राम्रोसँग नाती नातिना र हजुरआमाको। कारण भाषाको समस्या।

जिन्दगीको यात्रा उही कुमालेको चक्रजस्तै रहेछ। सोमबारदेखि शुक्रबारसम्म रोजीरोटीको लागि दौडँदैमा गयो। नातिनातिनीहरु स्कुलमै व्यस्त भए। मेरी आमा सन्तान हुँदाहुँदै पनि एक्लो महसुस गर्न थाल्नुभयो घरमा।

हामीलाई लागेको थियो 'आमालाई खुबै खुशी दिइरहेका छौँ। आमाले जे भन्नुहुन्छ त्यही दिएका थियौँ।' नातिनातिनीको रेखदेख जसोतसो आमाबाट भइरहेको थियो। 'अलि समय आमालाई टिकाउन सकियो भने समय काममा विताएर घरव्यवहार अलि राम्रोसँग मिलाउन सकिन्छकि' श्रीमानश्रीमति गन्थन गरिरहेका थियौँ।
नेपालबाट पनि अलिकति पैसा आमालाई फकाएर ल्याउन पाए घरको ऋण तिर्न सजिलो हुन्थ्यो कि भनेर मनमा लोभ पलाइरहेको थियो। यसरी हामी पाँचै दिन काममा दौडने अनि आमालाइ घरमा एक्लै राख्ने अनि शनिबार घुमाउने हाम्रो दैनिकी ३ हप्तासम्म चल्यो। मिलाएर आमालाइ 'अब यतै बस्नुपर्छ। बस नेपालबाट अलिकति पैसा ल्याउन पाए अनि व्यवहार मिल्थ्यो कि भन्ने पनि भ्याएका थियौँ।'

आमाले 'बाबु तँसँग एउटा कुरा गर्नुछ।'
म दंग परेँ। अब हाम्री आमाले पक्कै पनि यतै बस्ने विचार गर्नुभयो भन्ने लाग्यो। पैसा नेपालबाट ल्याउने सोंच गर्नुभयो जस्तो लाग्यो। तर आमाले भनेका कुराले मेरो मुटु नै छेद पारेर गयो।
आमाले भन्न थाल्नु भयो
'छोरा तिमीलाई लागेको छ होला म तिमीहरुसँग बसेर साह्रै नै खुशी होला होइन?  तर मलाई यसोभन्दा तिमीहरु नरिसाउ। म यहाँ खुशी होइन म साह्रै दुःखी छु। मलाई पीडा भइरहेको छ। छोरा मलाइ नेपाल पठाइदेउ।
आमाले वेलिविस्तार लगाउन थाल्नुभयो। बाबु तिमीहरुले जे गरिरहेका छौ त्यो ठिकै छ मलाई खुशी पार्नको लागि कुनै कसर बाँकी राखेका छैनौ तर पनि मेरो यो मन जलिरहेछ। यत्तिका दिन भैसक्यो बुहारीलाई बिहान कहिल्यै देखिन अनि छोरा तिमीलाई वेलुकी कहिल्यै देखिनँ। म नउठदै बुहारी काममा जाने। म सुतेपछि छोरा तिमी कामबाट आउने। नातिनातिनीसँग केही कुरा गरुँ भन्छु भाषा नै मिल्दैन।
मलाई यहाँको भाषा आउँदैन अनि यो उमेरमा सिक्नै रहर पनि छैन। यो पश्चिमी भाषा अनि सभ्यता सिक्ने समयमा मैले मैले तिमीहरुलाई समय दिएँ जुन वेला मेरो पढ्ने उमेर थियो। त्यो वेला मैले तिम्रा सुन्दर भविष्यको लागि आफ्नो समय तिमीहरुप्रति समर्पित गरिदिएँ ताकि यो सम्झेर पछि मेरा सन्तान ठूला भएपछि बुढेसकालमा साथ दिन्छन् भन्ने आशामा।
तिमीले मलाई यहाँ राख्ने कोशिश गरिरह्यौ, तर मेरो मन मानेको छैन अनि मन मान्दैन पनि। म त समस्यामा पो छु छोरा।  तिमी नेपालबाट पैसा मगाइ यतै घरजम गर्ने सोच्दैछौ म चाहिँ मेरो बुढेसकालको साहारालाई नेपाल लैजाने प्रयत्न गर्दैछु।
मलाई थाहा छ तिमी अवश्य जाँदैनौं किनकि तिम्रो रहनसहन अनि तिम्रो व्यवहारले यो नै भन्छन् कि तिमीलाई जन्मभूमि होइन कर्मभूमि नै प्यारो। मभन्दा त ती आमाहरू भाग्यमानी रहेछन् जसका सन्तानहरु अरब, अनि खाडी एवं मलेसियामा ज्यानको बाजी लगाएर काम गर्दैछन्। ती आमाहरु आफ्नो सन्तानको पर्खाइमा बसिरहेका छन् अनि ती आमाहरुलाई राम्रैसँग थाहा छ छोरा अवश्य पनि मातृभूमि फर्कन्छ भन्ने।

विकसित देशमा बस्नुको मजा अर्कै हुँदोरहेछ। छोरा तिमी गगनचुम्बी घरहरु देखेर दङ्ग छौ तर मलाई आफ्नै देशको झुपडी प्यारो छ। तिमीलाई समुद्रमा पौडने रहर रहेछ तर मलाई गाउँकै झरनामा नुहाउने रहर छ। तिमीलाई ओपेरा हाउस र हार्बर ब्रिज साह्रै राम्रो लाग्दो रहेछ तर मलाई काष्टमण्डप, भक्तपुर दरबार, व्यास गुफा अनि गाउँको झोलुङ्गे पुल प्यारो लाग्छ।
यहाँ त एक छिमेकी अर्को छिमेकीसँग बोल्दा पनि पैसा झर्ला जस्तो गर्दारहेछन। तर मलाई गाउँभरि आपसाथीसंगिनीसँग कुरा गर्ने रहर छ। बाबु तिमीलाई तिम्रो आमा प्यारो लाग्छ त्यसैले तिमी मलाई आपूसँगै राख्न चाहन्छौ। मलाई नेपाल प्यारो त्यसैले म नेपाल गएर वस्न चाहन्छु। विन्ती छ छोरा, मलाई घर पठाइदे।'
आमाका यी शब्द देखि म नाजवाफ भएको छु। आमाको अगाडी बोल्न सक्ने हिक्मत नै छैन। वस् म नाजवाफ भएर वसेको छु।


Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स