दाँत सिरिङ–सिरिङ किन हुन्छ ? हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग जन्माउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ । दाँत सिरिङ–सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । दाँत सिरिङ–सिरिङ किन हुन्छ ? अम्लीय पेय पदार्थ दिनभरि पिउनेहरू, जस्तै– कोल्ड ड्रिंक्स । ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, धुलोमा रोजगारी तथा काम गर्ने । दाह्रा किट्ने, पाइपबाट धूम्रपान गर्ने, बबी पिन दाँतले खोल्ने बानी, माटो खाने बानी भएका । धेरै कडा ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने । बुढ्यौली उमेरका । गिजा तथा पेरियोडोन्सियमको उपचार गरिएका बिरामी । अमिलो डकार्ने व्यक्ति । थुक वा र्याल कम आउने । धेरै मात्रामा तथा लामो समयसम्म मुखमा राखी अम्लीय खाद्य पदार्थ कागती, अंगुर खानेहरू । २५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुषभन्दा महिल...