संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुनः अर्को मधेस आन्दोलनको तयारीमा जुटेको छ
काठमाडौं, १ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुनः अर्को मधेस आन्दोलनको तयारीमा जुटेको छ ।
संविधान संशोधनमार्फत आफ्ना माग पूरा गराउन सत्तारुढ दल अग्रसर नभएको भन्दै मोर्चा आन्दोलनको तयारीमा जुटेको हो ।
मोर्चाले छठ पर्वलगत्तै आन्दोलन गर्ने गरी गृहकार्य थालेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै मोर्चाका नेताहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।
Comments
Post a Comment