यस्तो बनेर आयो आमिर खान स्टारर प्रतिच्छित फिल्म 'दंगाल' ट्रेलर

वलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म 'दंगाल'को ट्रेलर सार्वजनिक भएको छ । करिब २ बर्षपछि पर्दामा आउँदै गरेका आमिरको फिल्म निकै प्रतिच्छित बनिरहेको समयमा निर्माण टिमले प्रचार सुरु गर्ने हेतुले ट्रेलर सार्वजनिक गरेको हो । 
सार्वजनिक ट्रेलरले 'रेसलिङ' खेलको कथा बोल्छ । तर केहि महिना पहिले रिलिज सलमान खान स्टारर बर्ष २०१६ को सर्वाधिक सफल फिल्म 'सुल्तान'को रेसलिङ कथाले प्रेममा टर्न लिए पनि यो फिल्ममा भने एक पीताले आफ्नो दुई छोरीलाई रेस्लर बनाउन गरेको तपस्या तथा मेहनतको कथा बोल्ने बताईन्छ । 
यथार्थ कथा बोलेको भनिएको फिल्ममा आमिर पनि भारतिय रेस्लर महाविर फोघाटको भूमिकामा छन् । उनी पर्दामा दुई छोरीका बाबा पनि बनेका छन् । 
डिसेम्बर २३ बाट दर्शकमाझ आउने फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका छन् । फिल्ममा आमिरसँगै साक्षी तन्वार, फटिमा साना शेख, सान्या मलहोत्रा, जैरा आसिम लगायत लिड अभिनयमा छन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स