बाघको आक्रमणबाट महिलाको ज्यान गयो

कार्तिक ५ ,नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ । प्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्वार धोवीका अनुसार बिहीबार बिहान ९ बजेतिर जङ्गलमा घाँसदाउरा गर्न गएकी ४५ वर्षीया आज्ञावती रानामगरको ज्यान गएको हो । जङ्गल गएको मान्छे साँझसम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा अम्रसाको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनको घाँटीमा बाघले आक्रमण गरेको र दाँहिने खुट्टासमेत खाएको प्रहरीको भनाइ छ । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ । मृतक रानाका १५ र ९ वर्षीय दुई छोरा छन् भने श्रीमान् रोजगारीका लागि विदेश जानुभएको छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स