ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्ड
काठमाडौँ, ३० असोज - ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न प्रधानमन्त्री प्रचण्डले श्रीलंका सरकारलाई आग्रह गरेका छन्।
आइतबार भारतको गोवामा श्रीलंकाका प्रधानमन्त्री मैत्रीपाला सिरसेनासँग भएको भेटमा प्रचण्डले मृत्युदण्डको फैसला पुनर्विचार गर्न अनुरोध गरेका हुन्।
प्रधानमन्त्रीले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न समकक्षी सिरसेनासँग आग्रह गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
श्रीलंकाली लागूऔषध व्यरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए।
त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको थियो।
थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो।
भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलुकहरुमा नेपाली महिलाहरु लगिने गरिएकामा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गरेका थिए।
श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै नेपालले राखेको चासोप्रति श्रीलंका सकारात्मक रहेको बताएका थिए।

Comments
Post a Comment