भिजाएको बदाम खानुका अचुक फाईदाहरु
भिजाएको बदाम खानुका अचुक फाईदाहरु
मौसम अनुसार स्वास्थ्यको लागि कुनै न कुनै फलफुल लाभदायीक हुने गर्छ जसमध्ये बदाम पनि एक हो । बदामलाई पौष्टिक तथा स्वास्थ्यबर्द्धक पनि मानिन्छ। हरेक मौसममा बदामको उपयोग लाभप्रद हुने गर्दछ । काँचो अथवा पाकेको दुवै बदामले मानिसलाई फाइदा पुर्याउँछ । बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । भिजिएको बदाम सेवन गर्नुको फाइदाहरु यस्ता छन्।
पाचन प्रणालीमा सुधार: क्षमताभन्दा धेरै मात्रामा खाना खानाले प्रायजसो अपच हुन्छ र पेटलाई खराब गर्ने पनि गर्दछ । यस्तो अवस्थामा भिजाएको बदाम खानुहोस। यसले तपाइको पाचन प्रणालीलाई दुरुस्त बनाई दिन्छ।
तौल घटाउन: भिजिएको बदामले तौल घटाउन मद्दत गर्छ। बदाममा मोनो-अनसेचुरेटेड फैट हुन्छन जसले भोक कम गर्दिन्छ।
रक्तचाप नियन्त्रण गर्छ: बदामले उच्च रक्तचापलाई नियन्त्रण गर्छ। जर्नल फ्री रेडिकल रिसर्चमा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरुले सो कुरा पत्ता लगाएका छन्। बदामको सेवन गर्नाले ब्लडमा अल्फाल टोकोफेरॉलको मात्रा बढ्छ, यसले उच्च रक्तचाप नियन्त्रण गर्छ।
गर्भवती महिलाका लागि फाइदाजनक: भिजेको बदाममा फोलिक एसिडको मात्रा धेरै हुन्छ। यो पोषक तत्वले गर्भमा भएको शिशुको मस्तिष्क र न्यूरोलोजिकल सिस्टमको विकास गर्न मद्दत गर्छ। भिजिएको बदाम गर्भवती महिलालाई खान सजिलो हुन्छ र यसले पचाउन मद्दत गर्छ।
मुटु स्वस्थ राख्न: दिनहुँ एकमुठी बदाम खाँदा शरीरमा फाइबरको आपूर्ति सन्तुलित हुने र मुटुलाई स्वस्थ राख्न मद्दत मिल्ने विज्ञहरु बताउँछन् ।
खराब कोलेस्ट्रोलको मात्रा कम गर्छ: शरीरमा खराब कोलेस्ट्रोल बढ्दै गयो भने धमनीमा अवरोध आउछ र धमनीले राम्ररी काम गर्दैन जसले गर्दा तपाइको शरीरमा धेरै समस्या देखा पर्छ। बदामको सेवनले खराब कोलेस्ट्रोलको मात्रा कम गर्छ।
-एजेन्सी
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

Comments
Post a Comment