ब्लड प्रेसर, सुगर, कब्जियत लगायतका समस्याहरुबाट छुटकारा पाउन मेथी प्रयोग गर्नुहोस्

ब्लड प्रेसर, सुगर, कब्जियत लगायतका समस्याहरुबाट छुटकारा पाउन मेथी प्रयोग गर्नुहोस्
हामी सबैको भान्सामा सहजै उपलब्ध हुने सुकेको मेथीलाई मसला तथा फोरनको रुपमा प्रयोग गर्ने गर्छौ । थाहा भएर होस् वा नभएर मेथी हाम्रो भान्सा तथा भोजनको अभिन्न अंग बनेको छ । धेरैलाई थाहा नहुन सक्छ यो तीतो स्वाद भएको मेथीको प्रयोग हामी तरकारी तथा फोरनका रुपमा प्रयोग किन गर्छौ । त्यसो त मेथीको हरियो पात पनि हामीले सागका रुपमा प्रयोग गर्छौ ।  आज डिसी नेपाल तपाईहरुलाई मेथी सेवन गर्नाले हुने फाइदाका बारेमा जानकारी गराउँदै छ ।

हरियो मेथीको साग र पराठा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, यस्तै मेथीको दाना पनि कयौं रोगको उपचारका लागि अचुक औषधीको रुपमा मानिन्छ । मेथीको दाना प्रयोगबाट तौल घटाउन, ब्लड प्रेसरलाई नियन्त्रणमा राख्न तथा डायबेटिजबाट बच्न समेत सकिन्छ ।

यस्तै जसलाई धेरै भोक लागि रहने, बेलाबोलामा केही न केही खानै पर्ने बानी छ भने मेथीको दाना प्रयोग गरे यसबाट मुक्त पाउन सकिन्छ । किनकी मेथीको दानामा फाइबर पाइन्छ । जसले कब्जियतलाई समेत टाढा भगाउन मद्दत गर्दछ, जसका कारण जतिबेला पनि भोक लागेको महसुसबाट छुटकारा पाउन सकिन्छ ।

मेथीको दानालाई विभिन्न तरिकामा प्रयोग गरी खान सकिन्छ र तरिकाहरु यस प्रकारका छन्-
१- तताएको मेथीको दानाः मेथीको दानालाई तताएर त्यसलाई पिनेर पाउडर बनाउनुहोस् र उक्त पाउडरलाई मनतातो पानीमा मिलाएर खान सक्नुहुन्छ । 

२- भिजाएको मेथीको दानाः राती सुत्नु अघि एक मुठी मेथीको दानालाई रातभर भिजाउनुहोस् र बिहान सफा गरेर खान सक्नुहुनेछ । यसबाट तपाईलाई धेरै बेरसम्म भोक लाग्ने छैन साथै यसबाट तपाईले आफ्नो शरीरको तौल नियन्त्रणमा रहन्छ ।

३- मेथीको चियाः एक कप उम्लिरहेको पानीमा मेथीको दानालाई हल्का पिसेर हाल्नुहोस् । फेरी त्यसमा दालचनी र पिसेको आधा इन्च अदुवा पनि मिसाउनुहोस् । यो चियालाई पिउनाले तपाईको ब्लड प्रेसर नियन्त्रणमा रहन्छ र तपाइले खाएको खानालाई समेत आरामले पचाउन मद्दत गर्दछ ।

४- टुसा पलाएको मेथीः टुसा पलाएको मेथीमा भिटामिन र मिनरल्स पाइन्छ । यसलाई बिहान खाली पेटमा सेवन गरेमा तपाईको तौल घटाउन सहयोग पुर्याउछ ।

५- मेथी र महः एक कप ग्रीन चियामा मह र कागतीको जुस मिलाउनुहोस र माथिबाट पिसेको मेथी पाउडर मिसाउनुहोस् । यसलाई सधैं बिहान प्रयोग गर्नाले तपाईको मोटोपना चाढै घटाउन मद्दत समेत गर्दछ ।
https://www.youtube.com/channel/UCn_Xfl05fBX7iaoc4PFMLEQ

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स