तुलसीको पत्ताका कैयौँ फाइदा, यसरी बनाउन सकिन्छ घरेलु फेसवासदेखि परफ्युमसम्म
तुलसीको पत्ताका कैयौँ फाइदा, यसरी बनाउन सकिन्छ घरेलु फेसवासदेखि परफ्युमसम्म
एजेन्सी । तुलसीको कुरा आयोकी तपाईलाई तात्तातो हर्बल चियाको याद आउँछ होला । तर यसको एउटा मात्रै फाइदा छैन । तुलसी पत्ताका कैयाँै फाइदाहरु छन् । जसमा भरपुर मात्रामा भिटामिन के पाइन्छ । भिटामिन केको मात्राका कारण यसको सेवले विभिन्न रोगहरुबाट मात्र नबचाई छालाको सरक्षामा पनि विशेष सहयोग पुर्याउँछ ।
तुलसीको सुकेका पातलाई पानीमा उमालेर फ्रिजमा राख्नुहोस् । त्यसलाई सुकाएरु डि फ्रिजमा राखिदिनुहोस् र जमेको बरफको आकारको मात्राले अनुहारमा बेलाबेलामा लगाउँदा छालाई नरम र सफा बनाउँछ ।
त्यस्तै यसका काँचा पातलाई टिपेर थिच्नुहोस अनि त्यसमा पानी मिसाएर नियमित फेसवासका रुपमा पनि प्रयोग गरेर मुख धुन सकिन्छ ।तुलसीले शरीरका विभिन्न अंगमा निस्केका ब्याक्टेरीलाई मार्ने काम गर्छ । जसका कारण कुनै पनि रोग वा घाउ लगायतका संक्रमण हुनबाट यस्ले जोगाउँछ ।
तुलसीका सुखेका पत्ताबाट पाउडर समेत बनाउन सकिन्छ । सुकेका पातहरुलाई एक कप उमालेको पानीमा पिसेर मिसाउने र छानेर एउटा स्प्रे बोतलमा राख्दा आवश्यक परेको बेला स्प्रे गर्न पनि सकिन्छ । जुन झोलले शरीरमा भएका ब्याक्टेरीयालाई ५ मिनेट भित्र मारिदिन्छ ।



Comments
Post a Comment