भाले कुखुराले सानो अण्डा पारेपछि गाउँलेहरू चकित
अर्घाखाँची ।अर्घाखाँचीको धातिवाङ गाविसमा भाले कुखुराले अण्डा पारेपछि गाउँले चकित परेका छन् ।
धतिवाङ गाविस-६ निवासी ज्ञानकला पौडेलको घरमा आइतवार भालेले अण्डा पारेपछि हेर्ने मानिसको भींड लागेको हो ।
सुआहारा कार्यक्रमले वितरण गरेका १० वटा कुखुरामध्ये भाले कुखुराले निकै सानो अण्डा पारेको कृषक पौडेलले बताएकी हुन् ।
गाविसका प्रत्येयक ९ वडाका १/१ जना नमुना कृषकलाई कुखुरा बाँडिएको थियो । पौडेलले पनि सुआहाराबाट ती कुखुरा लिएकी थिइन् ।
भाले कुखुराले सानो अण्डा पारेपछि गाउँलेहरू चकित परेका उनले बताइन् । अण्डा करिव ५० ग्रामको रहेको छ ।

Comments
Post a Comment