कुहिनोको कालोले तनाव दियो ?यसरी हटाउनुहोस् घरमै

कुहिनोको कालोले तनाव दियो ?यसरी हटाउनुहोस् घरमै

सामान्यतया शरीरका अन्य भागको छालाको तुलनामा कुहिनो र घुँडाको छाला निकै कालो हुन्छ । घुँडाभन्दा पनि कुहिनोको कालोले धेरैलाई तनाव दिएको हुन्छ । लवाइका कोणबाट पनि कुहिनोको कालो तनावको पाटो बनिदिने गर्छ । कतिपयले कुहिनोको कालो हटाउन पार्लर गएर अनेक उपाय अपनाउँछन् । तर, यो कालो हटाउन घरमै पनि केही गर्न सकिने बताउँछिन्, ब्युटिसियन एलिसा लामा:
सुन्तलाको बोक्रा
सुन्तलाको बोक्राको पाउडर शरीरका निश्चित ठाउँमा हुने अनावश्यक कालो हटाउन उपयोगी हुन्छ । यो सुन्तालाको सिजन नै हो । सुन्तलाका बोक्रा राम्रोसँग सुकाएर पाउडर बनाई कुहिनो कालो हुने तनावबाट मुक्ति पाउन सक्नुहुन्छ ।
सुन्तलाको बोक्राको पाउडर घरमै तयार पार्न सम्भव भएन या झन्झट लाग्छ भने बजारमा रेडिमेड नै किन्न पनि पाइन्छ ।
प्रयोग गर्ने तरिका
सुन्तलाको बोक्राको पाउडरमा रोजवाटर मिसाएर प्याक तयार पार्नुहोस् ।
कालो कुहिनोमा प्याक लगाएर २० मिनेटसम्म छोडिदिनुहोस् ।
२० मिनेटपछि हल्का–हल्का गर्दै माडेर सफा गर्नुहोस् । कालो छाला हल्का खैरो टोनमा आउँछ ।
अन्तमा ह्वाइटनिङ मोस्चराइजर लगाइदिनुहोस्, कालोपन निकै कम देखिन्छ । हप्तामा दुई–तीनपटक यो उपाय अपनाउँदा कालो कुहिनो अन्य छालाको रङसँग मिल्न आउँछ । 

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स