बाथ रोगले पीडित हुनुहुन्छ, जोर्नी दुख्ने समस्याबाट यसरी बच्न सकिन्छ

बाथ रोगले पीडित हुनुहुन्छ, जोर्नी दुख्ने समस्याबाट यसरी बच्न सकिन्छ


जाडो मौसम सुरु भैसकेको छ । जाडो याममा शरीरमा जोर्नीहरु दुख्ने समस्या उत्पन्न हुनु आम समस्या हो । रक्तधमनीहरुमा आउने संकुचन जोर्नी दुखाईको प्रमुख कारक हो ।

४५ वर्षभन्दा धेरै उमेरका मानिसहरुमा यो समस्या अझै बढि पाइन्छ । हरेक उमेरका बाथका रोगीका लागि जाडो मौसम निकै कष्टदायक नै हुन्छ । त्यसैले जाडोयाममा जोर्नी दुख्ने समस्याबाट बँच्नका लागि निम्नानुसारका घरेलु उपाय अपनाउनुहोस्ः
१. शारीरिक गतिविधि जारी राख्नुस्ः  मांशपेशीमा दुखाइको कुनै खास कारण हुँदैन । चिसो हावा बढेसँगै कोसिकाहरुमा हुने संकुचन, शारीरिक गतिविधिको अभाव तथा क्याल्सियमको कमी जस्ता कारणहरु मुख्य हुन्छन् । यस्तोमा नियमित व्यायाम, शारीरिक क्रियाकलाप तथा सन्तुलित भोजन जोर्नी दुखाई कम गर्ने एउटा उत्तम उपाय हुन्छ ।
२. घाम ताप्नुस्ः  जाडोयामममा जोर्नी दुख्ने समस्याका लागि खराब जिवनशैली, भोजनमा क्याल्सियमको कमी तथा भिटामिन डी थ्री को कमी जिम्मेवार रहन्छ । महिलाहरुमा हर्मोनको गडबडी, अनियमित महिनावारी, महिनावारी सुकेपछि बढ्ने तनाव पनि कारकतत्वको रुपमा रहन्छ । शरीरमा भिटामिन डी को कमी पूरा गर्नका लागि गर्मी याममा बिहान दुई घण्टा तथा जाडो याममा मध्यान्ह आधा घण्टा समेत मज्जाले घाम ताप्नुहोस् ।

३.औषधि तथा व्यायामः  एक्सरे, एमआरआइ तथा रक्तजाँचबाट जोर्नी दुखाइको वास्तविक कारण पत्ता लाग्नसक्छ । जोर्नीमा अत्यधिक दुखाई भएमा तुरुन्त हड्डी रोग विज्ञसँग देखाउनुहोस् । डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने हुनसक्छ । त्यस्तै टेष्ट रिपोर्टका आधारमा फिजियोथेरापिष्टको सल्लाह बमोजिम जोर्नीको दुखाई कम गर्ने तथा हड्डी मजबुत बनाउने उपयुक्त व्यायाम नियमित रुपमा गर्नुहोस् ।
४. गर्मपट्टि, मोजा तथा पञ्जाः  दुखाई कम गर्ने प्रभावकारी औषधि पर्याप्त हुन्छन् । तर दुखाई कम गर्ने औषधिको सेवन गर्नुका विभिन्न साइड इफेक्ट हुन्छन् । औषधि धेरै सेवन गर्नुको साटो जोर्नी दुखेको ठाउँमा गर्मपट्टी लगाउने तथा नियमित रुपमा मोजा तथ पञ्जा लगाउनाले चिसोबाट जोगाउँछ र जोर्नी दुख्ने समस्या कम हुन्छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स