Skip to main content

यस्ता छन् नङ फुल्नुका ५ कारणछन्

यस्ता छन् नङ फुल्नुका ५ कारण


काठमाडौं । हाम्रो समाजमा आजपर्यन्त नङ फुलेका राम्रो र नयाँ लुगा लगाउन पाइने धारणा छ । तर, शरीरमा विभिन्न तत्वको कमी तथा अन्य कारणले नङ फुल्ने गर्छ । नङमा देखिने सेतो धर्सा वा थोपालाई नङ फुलेको भन्ने गरिन्छ ।
किन फुल्छ त नङ ?
१. नङमा चोट :
नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा पनि नङ फुलेको (सेतो दाग) देखिन्छ ।
२. एलर्जी प्रतिकृया :
नङमा हुने एलर्जीका कारण पनि नङमा सेतो दाग देखिँदा फुलेको भन्ने गरिन्छ । तर, नङमा लगाइने पोलिसको एलर्जीका कारण नङमा सेतो दाग देखिन्छ ।
३. जिङ्कको कमी :
शरीरका लागि जिङ्क अतिआवश्यक तत्व हो । साथै जिङ्कको अभाव भएमा नङमा समेत सेता दाग देखिन्छ ।
४. प्रोटिन र क्याल्सिमयको कमी :
जिङ्कको अभावले जस्तै प्रोटिनको कमीले पनि नङमा सेतो दाग देखिने गर्छ । नङमा देखिने दागहरु शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउँदा हराउने गर्छ ।
यस्तै, क्याल्सियमको कमीले पनि नङमा सेतो दाग देखिने गर्छ ।
५. रोगको लक्षण :
केही रोगको लक्षणको रुपमा नङ फुल्ने गर्छ । लामो समयसम्म नङ फुलेमा (दाग देखिएमा) चिकित्सकलाई देखाउनु उचित हुन्छ । धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका रोगका लक्षण हुन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स