यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ
यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ
थाइराइड भनेकाे एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो ।थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ ।
लक्षण
- धेरै मोटाउने वा दुब्लाउने भएमा
- धेरै जाडो वा गर्मि महशुस भएमा
- मुटुको धड्कन छिटो छिटो भएमा
- घाटी सुन्निएमा
- कब्जियत हुने वा धेरै दिशा लाग्ने भएमा
- महिनावारी गडबड भएमा
- काम गर्न गाह्रो वा अल्छी लाग्ने भएमा
- कपाल धेरै झरेमा
- छाला सुख्खा हुने र नङ भाचिने भएमा
- आँखा हेर्न असजिलो भएमा
- शरीरको तापक्रम बढ्ने
- भोक बढी लाग्ने तर दुब्लाउने
- मन आत्तिने
- मानसिक तनाव बढी हुने

Comments
Post a Comment