घरमै बसेर दाँतको किरा मार्ने अचुक अस्त्र


घरमै बसेर दाँतको किरा मार्ने अचुक अस्त्र



अधिकांश बालबालिकाको दाँत किराले खाएर सताउने गरेको छ । बालबालिकाले गुलियो चिज खाने भएकाले दाँतमा किरा लाग्ने गर्छ । पहिलो पटक दाँत नसाट्दै किराले खाएको छ भने दाँत उखेलेर पनि फाल्न सकिन्छ ।
तर एक पटक फेरिसकेको दाँतमा किरा लागेपछि भने निकै समस्या हुन्छ । दोस्रो पटक दाँत फालेपछि अर्को दाँत आउँदैन । त्यसका लागि वैकल्पिक उपाय भनेको उपचार पद्धति नै हो । दाँत दुखेपछि दाँतमा सिमेन्ट भर्ने काम पनि गर्न सकिन्छ । तर त्यो उपचार पद्धति निकै महंगो पनि हुने गर्दछ ।
सकभर दाँतमा किरा लाग्न नदिनका लागि बच्चाहरुको आमाबाबुले ख्याल गर्नुपर्छ । कुनै पनि गुलियो चिज अथवा दाँतमा कुनै पनि खानेकुरा अड्किन दिनु हुँदैन । त्यसका लागि कुनै पनि खानेकुरा खाएपछि दाँत राम्ररी सफा गर्नुपर्दछ । तर दाँतमा किरा लागिसकेपछि के गर्ने त ?
नआत्तिनुस्, दाँतमा किरा लागेको छ भने सामान्य उपचार पद्धतिबाट पनि दाँतको किरा मार्र्न सकिन्छ । दाँत दुखेर हैरानीमा हुनुहुन्छ भने निम्न उपायहरु अपनाएर दाँतको किरा मार्न सकिन्छ ।
१) पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई–तीन पटक दाँतको मालिस गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ ।
२) किराले खाएर खोक्रो बनेको भागमा कपासलाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ ।
३) तातो पानीमा फिटकिरी घोलेर बिहान–बेलुका मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ ।
४) किरा लागेको दाँतमा बरको चोप लगाएर पनि दाँतको किरा मार्न सकिन्छ । नियमित बरको चोप किराले खाएको दाँतमा लगाउनले पनि दाँतको किरा मर्दछ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स