दिउसो सुत्ने मानिसहरुमा डायबेटीज लगायतका समस्याहरु चाँडै देखा पर्छ

दिउसो सुत्ने मानिसहरुमा डायबेटीज लगायतका समस्याहरु चाँडै देखा पर्छ 

यदि तपाई दिउसोको समयमा सुत्ने गर्नुहुन्छ भने आजैबाट यस्तो बानी त्याग्नु जरुरी छ ।

दिउँसोको समयमा सुत्नु स्वास्थ्यका लागि फाईदा वा वेफाईदा भन्ने विषयमा हालै एउटा अनुसन्धान गरिएको छ । शोध अनुसार दिउसोको समयमा एक घंटा भन्दा बढी सुत्ने मानिसमा टाइप-२ डायबिटीज हुने सभावना ४५ प्रतिशतले बढी हुन्छ ।

यूनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले तीन लाख भन्दा बढी मानिसहरुमा २१ वटा अध्ययनको डाटाबाट यो पत्ता लागेको हो । उनले जानकारी गराए अनुसार ६०  मीनट भन्दा बढी समयसम्म सुत्ने मानिसको स्वास्थयमा खतरा उतपन्न हुनसक्छ र यो भन्दा बढी सुतेको खण्डमा खतरा अभै बढेर जान्छ । तर ४० मिनेट भन्दा कम समय सम्म दिउसोको समयमा सुत्ने मानिसहरुमा डायबिटीजको संभावना भने हुँदैन ।

अनुसन्धानकर्ताका अनुसार दिउसो लामो समयसम्म सुत्नाले रातीको समयमा निन्द्रामा समस्या आउन सक्छ । यसका कारण निन्द्रामा समस्या, मुटुजन्य समस्या, ब्रेन ह्याम्रेज अर्थात् मष्तिष्क घात, मुटुजन्य समस्या र टाइप-२ डायबिटीज लगायत अन्य समस्याहरु देखा पर्न थाल्छ ।

अनुसन्धानकर्ताका अनुसार काम तथा सामाजिक जीवनका कारण निन्द्रा पुरा नहुनाले मानिसलाई बढी भोक लाग्न सक्ने हुन्छ, जसका कारण टाइप-२ डायबिटीजले समाउने खतरा बढी हुन्छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स