कपाल झर्छ ? यी आयुर्वेदिक तरिका अपनाउनुहोस्

सुन्दरता बढाउनका लागि कपालले निकै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । तर जब कपालको रेखदेखमा लापरवाही गर्नुहुन्छ तब कपाल झर्ने समस्या उत्पन्न हुन सुरु गर्छ । कपाल झर्न सुरु गरेपछि यसले जो सुकैलाई पनि तनावमा पार्न सक्छ । आज हामी तपाईंलाई कपाल झर्न रोकिने आयुर्वेदिक तरिकाबारे जानकारी दिँदैछौं ।
– मह थुप्रै रोगलाई टाढा राख्न सक्षम हुन्छ । महको प्रयोगले कपाल झर्न पनि रोकिन्छ ।
– दालचिनीले पनि कपालको समस्यालाई टाढै राख्न सहयोग गर्दछ । आयुर्वेदका अनुसार दालचीनि र महको मिश्रणले थुप्रै रोगको उपचार गर्न सकिन्छ ।
– जैतुनको तातो तेलमा एक चम्चा मह हाल्नुहोस् र त्यसमा दालचीनि पाउडर हालेर त्यसलाई पेष्ट बनाउनुहोस् । नुहाउनुभन्दा पहिले यो पेष्टलाई कपालमा लगाउनुहोस् र केहीबेर पछि नुहाउनुहोस् । यसो गर्दा कपाल झर्दैन ।
–बलियो र स्वस्थ कपालको लागि तेलको मालिश आवश्यक छ । टाउको मालिस गर्दा कपालको जरालाई पोषण मिल्छ र कपाल झर्न कम हुन्छ ।
– अमला, शिकाकाईको पाउडरलाई दहीमा हाल्नुहोस् । यो मिश्रण कपालमा लगाउँदा डिप कन्डिसनिङ हुन्छ ।
–कपालको हेरबिचारका साथै खानेकुरा पनि ध्यान राख्नुहोस् । फलफूल र हरिया सागसब्जी धेरै खानुहोस् । महमा अण्डा मिसाएर लगाउँदा कपाल स्वस्थ हुन्छ ।

Comments
Post a Comment